स्कुटरको बेक्र फेल हुदाँ दुईको मुत्यु

दमौली खबर संवाददाता

जिल्लाको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ बेक्र फेल भएर अनियन्त्रित भई स्कूटर पल्टिँदा दुइ जनाको ज्यान गएको छ । ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा सवार दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । दुद्र्यटनामा पनि ज्यान जानेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

घाइते भएका सन्देशलाई दमौली अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए भने पवित्राको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए । सन्देश बालविकास माध्यमिक विद्यालयमा लेखापालका रूपमा कार्यरत थिए भने पवित्रा महेन्द्रज्योति माध्यमिक विद्यालयकी शिक्षिका थिइन् । कोरोना सङ्क्रमणका कारण विद्यालय बन्द भएपछि उनिहरु दमौली फर्किँदै थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button