सुनचाँदी व्यवसायीलाई सम्झाउदै प्रहरी

लेगौँडा, भदौ, ८ ।
 तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्र भित्र रहेको सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले सतर्क रहन सुझाव दिएको छ । चाडपर्व नजिकिदै गर्दा गहना लगायतका धनमाल चोरीका घटनाहरु बढ्ने हुँदा सतर्क रहन सुझाव दिईएको हो । ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख यामनारायण अर्यालले चोरी भएका गहनाहरु खरिद गर्ने साटफेर गर्ने लगायतका कार्यमा सुन व्यवसायीहरु समेत संलग्न हुन सक्ने भएकाले अन्तरक्रिया कार्यक्रम मार्फत सचेत गराइएको जानकारी दिनुभयो ।  प्रहरी समक्षको बजार सँगै व्यवसायीको सुरक्षामा ध्यान दिन सुन व्यवसायीहरुले आग्रह गरेका थिए । उनीहरुले प्रहरीको उपस्थिती विना बजारको सुरक्षा चुनौतीपूर्ण रहेको भन्दै प्रहरी परिचालन गरि सहयोग गर्न माग गरे । प्रहरीले बजार क्षेत्रमा चोरी भएको सुन लगायतका गहनाको सुचनाहरु प्राप्त गरिरहेकाले त्यस्ता गहना खरिद गरे कानुन अनुसार कारवाही गर्ने जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button