जलवायु उत्थानशील आयोजनाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता

दमौली, माघ २६

गण्डकी जलाधार जलबायु उत्थानशील आयोजनाद्धारा डिभिजन वन कार्यालयमा आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बाग्मती लुम्बिनी र गण्डकी प्रदेश केन्द्रित गण्डकी जल वायु उत्थानशील आयोजनाले यस क्षेत्रका समुदाय तथा बातावरणीय पारस्थितिकीय प्रणाली जलवायुमा समानुकुलन सुधार गर्ने उदेश्य २० जिल्लमा कार्य गर्ने छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वन तथा भूसंरक्षण विभाग आई यु सि यन र राष्ट्रिय प्रकृति संरक्षण कोषले सयुक्त रुपमा कार्य गर्ने यस आयोजनाले सुरुवाती चरणमा काम गर्न लागेको बताइएको छ । सुरुवातमा बेस लाइन समरी, वाटर मोडल बनाउने र गण्डकी नदी बेसिनको जोखिममा रहेको समुदाय र परिस्थितिकिय प्रणालीको पहिचान गरी त्यहाँ सुहाउँदो जिविको पार्जन, कृषि, लघु भौतिक निर्माण साथै समुदाय र सरोकारवाला संस्था सामुदायिक वन, महिलाका सवालहरुमा समेत काम गर्ने बताइएको छ ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका जलवायु परिवर्तन र ज्ञान व्यवस्थापन शाखाका प्रमखु डा. मनिस राज पाण्डेले समय अनुसार आयोजनाले प्रभावकारी ढंङ्गले अगाडी बढ्ने बताउनुभयो ।

वृहत जलाधार व्यवस्थापन केन्द्रका प्रमुख सुजन महर्जनले सबै निकायको सहकार्यमा अगाडी बढिने बताउनुभयो । कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले, कार्यक्रममा संरक्षण अधिकृत लिना चालिसे, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्त्र कुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button