समाजसेवी सिताको सक्रियतमा बिपन्न नेपाली परिवारले पाए पक्कि घर

दमौली खबर संवाददाता

बिमलनगर , माघ १९

तनहुँको एक समाजसेवीको सक्रियतामा दलित परिवारले पक्कि घरमा बस्न पाएका छन् ।

घर नहुँदा झुप्रोमा कष्टपूर्ण जीवन निर्वाह गरिरहनु भएका बन्दीपुर गाउँपालिका ४ बिमलनगर निवासी सुर्यबहादुर नेपाली पक्की घर पाउनु भएको हो । पाएपछि खुसी हुनु भएको छ । सोही ठाउँ निवासी समाजसेवी सिता थापाको सक्रियतामा घर निर्माण गरि नेपालीलाई हस्तान्तर गरिएपछि नेपालीको परिवारमा खुसीयाली छाएको छ ।

सिताको नेतृत्वमा विभिन्न व्यक्तिहरुबाट सहयोग जुटाएर दुई कोठे पक्कि घर बनाईएको छ । विभिन्न समुह र व्यक्तिहरुबाट एक लाख २३ हजार रुपियाँ नगद सङ्कलन गरी सिमेन्ट, ढुङ्गा, बालुवा, जस्तापाता खरीद गरी बाँकी स्थानीयबासीबाट श्रमदान गरी सो घर निर्माण गरिएको सिताले जानकारी दिनुभयो । घर नहुँदा नेपालीलाई परेको समस्याको बारेमा जानकारी गराएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधी सभा सदस्य रामचन्द्र पौडेलले घर निर्माणको लागि ५० हजार खाट तथा सिरक र डसनाको लागि दुई हजार गरी ६२ हजार रुपियाँ सहयोग गरेको सिताले जानकारी दिनुभयो ।

बिपन्न नेपाली झुप्रोमा बास बस्नुपर्दा हावाहुरी आउँदा पानी पर्दा समस्या हुने र राती जङ्गली जनावरको आक्रमण पर्ने डर देखेर घर निर्माण गरेको सिताले बताउनुभयो । पक्की घर निर्माण भएपछि अत्यन्त खुसी लागेको नेपालीले बताउनुभयो । झुप्रोमा जोखिम अवस्थामा बस्नु नपर्ने भएकोले धेरै खुसी लागेको छ सिता लगातय सहयोग गर्नेलाई धेरैधेरै धन्यवाद’ नेपालीले भन्नुभयो ।

नव निर्मित घरको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हालै हस्तान्तरण गर्नुभयो । सो अवसरमा नेता पौडेलले सिताको नेतृत्वमा विमल नगरवासीले अनुकरणीय काम गरेको बताउनुभयो । ‘‘सबै ठाउँमा यस्तै तरिकाकाबाट समाजिक सक्रियता देखाउने हो भने घर विहीन भएर विपन्न मानिसहरु बस्नु पर्ने अवस्थाको अन्त्य हुन्छ ’’ नेता पौडेलले भन्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button