अदिकविको सहायक क्याम्पस प्रमुखमा लम्साल

व्यास १ भादगाँउमा रहेको आदिकवि भानुभक्त क्याम्पसको सहायक क्याम्पस प्रमुखमा कल्पना लम्साल चयन भएकी छन् । क्याम्पस संचालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिनाको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले सहायक क्याम्पस प्रमुखमा उनलाई चयन गरेको हो । शिक्षा बिभागको प्रमुखमा रहेकी लम्सालको चयन भए सँगै भानुभक्त क्याम्पसले पहिलोपटक सहायक क्याम्पस प्रमुखको रूपमा महिला प्राध्यापक पाएको छ । लम्साल २०६५ सालबाट अध्यापन सुरु गरि स्थायी उपप्राध्यापकको रूपमा उक्त क्याम्पसमा कार्यरत छिन् । एम.एड , एम फिल गरेकी लम्साल छात्रावास समेत हेर्ने क्षमतावान महिला उपप्राध्यापकको रूपमा चिनिन्छ । यसअघि सहायक क्याम्पस प्रमुखको रूपमा रहेका आत्माराम बास्तोला र सदाखर तिमिल्सिनाको समयावधि सकिएपछि लम्साललाई चयन गरिएको हो । बैठकमा पुर्व अध्यक्ष एवं जिल्ला समन्वय प्रमुख शान्ति रमण वाग्ले , पुर्व क्याम्पस प्रमुख एवं ब्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने , रामचन्द्र बस्नेत , समुन्द्र गोदार लगायतको उपस्थिति रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button