थपिए ५६ संक्रमित

दमौली खबर
साउन २७, दमौली । पछिल्लो २४ घण्टामा तनहुँमा ५६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका २९ महिला र २७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय १७ पुगेको छ । मंगलबार संक्रमणबाट ज्यान जानेको संख्या शुन्य रहेको छ । हाल सम्म जिल्लाका एक सय १५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button