व्यास नगरका २ सय ९९ योजना सम्झौता

तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा करिब ३ सय योजना सम्झौता गरेको छ । नगरपालिकाले वडा कार्यालयमार्फत गतबर्ष कोरोनाले प्रभावित भएका १ सय ८४ क्रमागत र चालु आर्थिक बर्षको १ सय १५ योजना सम्झौता गरेको जनाएको छ । नगरपालिकाले गतबर्ष काम नभएका २ ससय ६४ योजना क्रमागतमा राखेको थियो भने चालु आर्थिक बर्षको लागी नगरसभाले ६ सय ५० योजनालाई पारित गरेको छ । ती योजना सम्झौता भएर निर्माणको प्रकृयामा रहेको नगरप्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । ‘कोरोना कहरले गर्दा गतबर्ष धेरै योजनाका काम हुन पाएन् । चालु आर्थिक बर्ष सुरु भएदेखी नै कोरोनाले थलाएको छ । तरपनि यो बर्ष अधिकांश योजना सम्पन्न गर्ने लक्ष्यका साथ सम्झौता भएर निर्माणको चरणमा छ’, उनले भने । सकभर योजनाको काम नभएर बजेट फ्रिज हुने अवस्था नआउने उनले बताए ।

आईतबार भएको नगर कार्यापालिकाको बैठकमा सम्झौता भएका योजनाबारे जनाकारी गराइएको थियो । उक्त बैठकमा वडाको बिकासमा चुनौती र सम्भावनाका बारेमा समिक्षा गरिएको छ । विद्यमान चुनौतीलाई मध्यनजर गर्दैै नगरपालिकाबाट जारी भएको विद्यालय सञ्चालन सहजीकरण निर्देशिका २०७७ बमोजिम विद्यालय सञ्चालन गर्ने निर्णय भएको छ । विद्यालय सञ्चालनमा आएपछि वडा समितिले वडाका सामुदायिक र निजी विद्यालयको अनुगमन गर्ने प्रवक्ता श्रेष्ठले बताए । यस्तै, व्यास नगरपालिकाका निर्वाचित जनप्रतिनिधीहरुको काम कारवाहीको नागरिक अभिमत लिईने भएको छ । ४३ महिनाको कार्यकाल पुरा भईसक्दा नगरबासीको अपेक्षा पुरा भए नभएको नागरिकहरुसंग मत सर्वेक्षण गरी सोही मतको आधारमा पालिकाको निती, कार्यक्रम, योजना र प्राथमिकता निर्धारण गर्ने जनाईएको छ ।

आईतबारको कार्यापालिका बैठकले व्यास नगरपालिका–५ मानहुँकोटमा पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारसँग साझेदारी गर्ने निर्णय पनि गरेको छ । तत्कालै केही पूर्वाधार निर्माणको आवश्यकता देखिएकाले नगरपालिकाले प्रदेश सरकारसँग साझेदारी गर्ने निर्णय गरेको हो । मानहुँकोट जाने ढलान भएको बाटोमा फलामको रेलिङ राख्न र पर्यटक आराम गर्ने सेड निर्माण गर्न प्रदेश सरकारसँग अनुरोध गरिएको नगरपालिकाले जानकारी दिएको छ । मानहुँकोटमा पिउने पानीको लिफ्टिङ योजना सञ्चालनका लागि प्रदेश सरकारलाई अनुरोध गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button