घरमै बिमा रकम हस्तान्तरण

दमौलीमा शाखा रहेको युनियन लाईफ इन्स्योरेन्स कम्पनीले घरमै पुगेर बिमा रकम हस्तान्तरण गरेको छ । वैदेशिक रोजगारीका क्रममा मुत्यु भएको व्यास १ का कृष्ण पन्तका परिवारलाई घरमै पुगेर बिमा रकम हस्तान्तरण गरेको हो । कतारमा ज्यान गुमाएका पन्तले उक्त कम्पनीमा मृत्यु बीमा गराएका थिए । मुत्यु बिमा बापत पन्तका परिवारलाई १४ लाख रुपैयाँ रकम हस्तान्तरण गरिएको दमौली शाखा प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए । उक्त रकम हस्तान्तरण कार्यक्रममा पुगेका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, कम्पनीका गण्डकी प्रदेश प्रमुख टीएन आचार्य तथा व्यास १ का वडा अध्यक्ष खरसिं दरैले मृतकका बुबा भोलानाथ पन्थ र श्रीमती निर्मला पन्थलाई संयुक्त रुपमा चेक रकम हस्तान्तरण गरका हुन् । कम्पनीले शव ढुवानीमा एक लाख, क्रिया खर्च वापत एक लाख, आय नोक्सानी वापत दुई लाख र बिमाङ्क १० लाख गरी कुल १४ लाख बराबरको चेक रकम हस्तान्तरण बताईएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button