पृथ्वीराजमार्ग विस्तारको क्रममा फेला परेको अजिङ्गरको उद्धार

दमौली खबर संवाददाता
तनहुँ, भदौ, २६ । पृथ्वी राजमार्ग विस्तार गर्ने क्रममा आईतबार फेला परेको अजिङ्गरलाई उद्धार गरिएको छ । । डिभिजन वन कार्यालय तनहुँले उद्धार गरेको हो  ।
 पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवा नजिक जलविरेमा फेला परेको अजिङ्गरलाई उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ  । कामदारले  उक्त अजिङगर फेला परेपछि डिभिजन वन कार्यालयमा खवर गरेका थिए । खवर पाएपछि कार्यालयका सशस्त्र वन रक्षक जमदार सुर्य प्रसाद सुवेदी र सवारी चालक अर्जुन श्रेष्ठ सहितको टोलीले १० केजी तौल र ६ दशमलव ५ फिट लम्बाईको उक्त अजीङगरलाई बोरामा राखेर सुरक्षित रुपमा उद्धार गरी डिभिजन वन कार्यालयमा ल्याइएको छ ।
 उक्त अजिंगरलाई अहिले डिभिजन वन कार्यालयको विशेष खोरमा सुरक्षित साथ राखिएको र उक्त अजिंगरको स्वास्थ्य अवस्थाको परिक्षण गरी प्राकृतिक सुरक्षित बासस्थानमा छाडिने कार्यालयले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button