एसपी पौडेलको एक बर्षे कार्यकाल, फरार अभियुक्त देखी नेता सम्म नियन्त्रण

राजेन्द्र परियार

गत मंगलबार प्रहरी प्रधान कार्यलयले नेपालभरका ५२ प्रहरी उपरीक्षकको सरुवा गरेको छ । जस मध्य तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेल पनि तनहुँमा झण्डै एक बर्षे कार्यकाल सकेर विदा हुन लागेका छन् । आज भन्दा करिब एक बर्ष अघि गत साउनमा तनहुँका प्रहरी उपरीक्षकका रुपमा आएका अरुण पौडेलका सामु धेरै कार्यभार तथा चुनैतीहरु थिए । कोरोना संक्रमणको समयमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा मकवानपुरबाट सरुवा भएर तनहुँ आएका उनको अगाडी तनहुँमा बढ्दो कोरोना संक्रमणको रोकथाम, आइसोलेसन निमार्णमा ध्यान, कोरोना सम्बन्धी सचेनता फैलाउनु साथै आपराधिक घटनाकोे श्रृंखला, लागूपदार्थको दुव्र्यसन तथा ओसारपोसार, सडक दुघर्टना फरार र अभियुक्तलाई पक्रनु उनका सामु देखिएका ठूला चुनौती थिए ।

यति मात्र नभएर सुस्त रहेको प्रहरी कमाण्डलाई परिचालन गर्दै चुस्त र जबरजस्त बनाउनु उनको काधमा जिम्मेवारी थपिएको थियो । आफुसंग भएका भौतिक तथा सिमित श्रोत साधनलाई प्रयोग गर्दै तनहुँ प्रहरी कमाण्डलाइ सम्पन्न पार्नुे पर्ने थियो । झण्डै एक वर्षे कार्यकाल सकिएर हिंड्नै लाग्दा पौडेलले भने जिल्लावासीबाट माया सद्भाव बटुलेका छन् । पौडेलको कार्यकालमा खासै धेरै हिंसात्मक अपराधिक घटना भने घटेन । हिंसात्मक घटना नभएपनि अनुसन्धानमा भने पौडेल र उनका कमाण्ड अब्बल देखिन्थे । प्रहरी कमाण्डमा राम्रो छबि र अनुसन्धानमा दक्षता हासिल गरेका पौडेलको अनुभवले तनहुँलाई राम्रै फाइदा भएको पाइन्छ ।

उनको पालामा तनहुँमा राष्ट्रिय राजनितिनै तताउने घटना र केही हिंसात्मक घटना घटे पनि कुनै पनि घटनामा दोषी नै पहिचान नहुने अवस्था भने आएन यस संगै उनको अब्बलता प्रमाणित भयो । बिशेष गरि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिए पछि उनी एकाएक तनहुँबासीमा चर्चाको बिषय पनि बन्न पुगे ।

घटना व्यास नगरपालिका–१, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न पुगेका नेता पौडेल तनहुँ प्रशासनले गरेको निषेधाज्ञलाई उल्लघंन गरेको र नेता पौडेल माथि सुरक्षा चुनैती देखिएको भन्दै प्रहरी प्रशासनले उनलाई नियन्त्रणमा लिएको थियो । नेता पौडेलले सुरक्षा घेरा तोडेका र भिडभाडमा नेता पौडेलको सुरक्षा अवस्था समेतलाई हेरेर नियन्त्रणमा लिनु परेको तनहुँ सिडिओ सागर आचार्यले त्यस समय बताएका थिए । त्यस समय पछि तनहुँ कांग्रेस बृतमा एसपी पौडेल हेर्न दृष्टिकोण फरक देखिएको थियो । व्यासका मेयर बैकुण्ठ न्यौपानेले सो घटना प्रति केन्द्रित हुदै बिगतमा एसपीहरु २४ घण्टामा सरुवा भएको इतिहास समेत रहेको भाषण गरेका थिए ।

९ आश्विन २०७७, शुक्रबार तनहुँको शुक्लागण्डकी ७ कुम्लेखोलाकी ६० वर्षिया तेजकुमारी ढकाल मृत अवस्थामा भेटिइन् । आफ्नै घरभित्रै झुण्डिएको अवस्थामा शुक्रबार विहान भेटिएकी ढकालको मृत्यु हेर्दा हत्या जस्तो पनि देखिन्थ्यो । शरिरका विभिन्न भागमा धारिलो हतियारको चोट भएकाले प्रहरीले घटनालाई शंकास्पद ठानेर अनुसन्धान गरेको थियो । प्रहरी प्रमुख एसपी अरुण पौडेलको टोलीले घटनाको अनुसन्धान थालेको थियो । घटना सार्वजनिक भएको सात घण्टाभित्रै अभियुक्तको आरोप लागेका गोरखा भिमसेन थापा गाउँपालिका वडा नं. १ बसेनी निवासी ४६ वर्षका शिव गौतमलाई घटना सार्वजनिक भएकै दिन शुक्रबार दिउँसो तीन बजे व्यास २ स्थित सहिदगेटबाट पक्राउ गर्न सफल भयो । उनी हलिया बदलेर बसेको प्रहरीको भनाई थियो ।

त्यस्तै व्यास नगरपालिका १० परेवाडाँडामा करिब एक महिना अघि २७ बर्षीय मनुमाया थापा घरभित्रै मृत अवस्थामा फेला परेकी थिइन् । स्थानीयले महिलाको हत्या भएको हुन सक्ने भन्दै अनुसन्धानको माग गरेका थिए । प्रहरीले घटना लगतै सोही स्थलबाट एक युवकलाई अनुसन्धानको लागि भनेर हिराषतमा लिएको थियो । यो त प्रतिनिधि घटना मात्रै थिए ।

यसबाहेक उनले पालामा तिन ओटा चुनाब सम्मपन्न गराए । तनहुँ उद्धोग बाणिज्य संग, दमौली बजार इकाइ र नेपाल पत्रकार महासंगको चुनाब निषपक्ष रुपमा उनकै कार्यकालमा सम्मपन्न भयो ।

प्रहरी उपरीक्षक पौडेलकै कार्यकालमा नदीको दोहनका घटनामा पनि सोचे भन्दा केही हद सम्म प्रगति भए । उनका पालमा नदीको दोहनका सवारी तथा साना ठुला दुई सय ६६ सवारी साधन र २२ लाख दस हजार सात सय जरिवान संकलन गर्न सफल भए ।

तनहुँ आउदाको समय देखी नै फरार अभियुक्त प्रति आक्रमक रुपम प्रस्तुत भएका पौडेलले चार सय फरार अभियुक्तलाई पक्राउ गरी एक सय एकाउन्न बर्ष सजाय र ६६ लाख सम्मको जरिवान भुत्तानी गराए ।

हँसिलो मुहार, कुटनैतिक स्वभाव र उच्चस्तरको सुझबुझका कारण पौडेल अरु प्रहरी उपरीक्षकभन्दा फरक देखिए । समग्रमा तनहुँबासीको माया र वाहीवाही पाएर गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा खटिएका पौडेलको जिम्मेवारी सम्महाल्न अब एसपी दिनेशराज मैनाली आउने भएका छन् । हाल बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा मकवानपुर मानवस्रोत ब्यावस्थापन महाशाखामा कार्यरत मैनालीे तनहुँ सरुवा भएर आउने भएका हुन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button