तनहुँको राजनीतिक हैसियत गुमेकाले सक्रिय राजनीतिमा लागेको पूर्वगृहमन्त्री गोविन्दराज जोशीको भनाई

दमौली खबर संवाददाता
दमौली, भदौ १६ । नेपाली काँग्रसका पूर्वसहमहामन्त्री राजनीतिज्ञ गोविन्दराज जोशीले तनहुँको राजनीति हैसियत गुमेकोले आफू राजनीतिमा सक्रिय हुन बाध्य भएको बताउनुभएको छ । जोशी समुहले शुक्रबार देखि शुरु गरेको  चुनावी अभियानको शूरुवात गर्दै नेता सो कुरा बताउनु भएको हो । तनहुँको राजनीतिक हैसियत कायम भई जनताले विकास तथा रोजगारी पाएको भए आफु राजनीतिमा सक्रिय नहुने बताउनुभयो । तनहुँमा काँग्रेसका पाँच जना केन्द्रीय सदस्य भएपनि जिल्लामा देखिने गरी बजेट पार्न नसकेको बताउनुभयो । ‘५ देखि १० करोड योजना समेत पार्न सकेका छैनन् नेता जोशीले भन्नुभयो, नेपाल सरकारको रातो किताब हेरेर नियमित आउने बजेटलाई आफूले पारेको भनि दाबी गरेको बताउनुभयो । राजनीतिक हैसियत नभएकाले तनहुँका जनजाति हेपिनु परेको नेता जोशीको भनाई थियो । वरिष्ठ नेता सहित जिल्लाका पाँचै जना केन्द्रीय सदस्य रहेर नेपाली काँग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गठन गर्दा तनहुँका एक जनालाई समावेश गर्न नसकेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले ४९ जनाको समिति मनोनित गर्दा तनहुँका एक जना पनि परेनन् राजनीतिक हैसियत यसबाट पनि बुझ्न सकिने उहाँको भनाई थियो । ‘गोरखामा दुई जना समावेश हुँदा तनहुँमा एक जना पनि समावेश भएनन् ४९ को संख्या बढेर ५१ को बनाएर दुई जना थप गरेको भएपनि हुने थियो’ नेता जोशीले भन्नुभयो । पूर्वगृहमन्त्री समेत रहनु भएका नेता जोशीले तनहुँका जनताको चाहाना अनुसार अन्तिम एक पटकका लागि आगामी संघीय निर्वाचनमा उम्मेदवार बन्ने बताउनुभयो ।
     तनहुँ जनजातिको बाहुल्यता भएको जिल्ला भएपनि सबै ब्राह्मण समुदायको उम्मेदवार बनेकोले पनि २०७४ सालको सङ्घीय तथा  निर्वाचनमा काँग्रेसले क्षति बेहोर्नु परेको बताउनुभयो । कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशी र उहाँका निकट कार्यकर्ता पार्टीबाट  अगल रही स्थानीय तहको निर्वाचन देखि नै छुट्टै स्वतन्त्र अभियान चलाएको छ । गत वैशाख ३० गते सो समुहले स्वतन्त्र उम्मेदवारी दिएको थियो  । १८ वर्ष देखि सत्ता बाहिर रहनु भएका नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री जोशी विकासवादी नेताको रुपमा जिल्लामा सूपरिचित हुनुहुन्छ । उहाँको समयमा शिक्षा, स्वास्थ्य, विद्युत्तिकरण, रोजगारी, सडक जस्ता क्षेत्रमा अभूतपूर्व विकास भएको थियो ।
सोही समयको नेता जोशीको विकास प्रतिको काम र पार्टी प्रतिको संगठनलाई तनहुँवासीले सम्झिने गर्दछन् । नेता जोशीले आगामी संघीय चुनावमा  घोषणा गरिसक्नु भएको छ । नेपाली कांग्रेस तनहुँका सस्थापक सचिव हुँदै केन्द्रमा सहमहामन्त्री समेत बनी सक्नु भएका नेता जोशीलाई वर्तमान पार्टी नेतृत्वले अन्यायपूर्ण ढंगले साधरण सदस्यता समेत नरहने गरी गरिएको कारबाही प्रति तनहुँ कांग्रेसका नेता तथा कार्यकर्ता रुष्ठ छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button