गाँजासहित दुई युवा पक्राउ

दमौली खबर

साउन १०, दमौली । आँबुखैरेनीको पुलजिपबाट ठुलो परिणामको प्रतिबन्धित गाँजासहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–७ घर भई मुग्लिन बस्ने २५ बर्षीय मिलन परियार र पोखरा महानगरपालिका–३२ लेखनाथ बस्ने २८ बर्षीय सुमन परियार रहेका छन् । यी दुईको साथबाट तनहुँ प्रहरीले १० किलो २ सय २० ग्राम गाँजा बरामद गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए ।

मुग्लिनबाट पोखरातर्फ आउदै गरेको ग १६ प ८२६८ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा ठुलो परिणाममा गाँजा फेलापारेको हो । पक्राउ परेका विरुद्ध कारबाही प्रकृया अगाडी बढाईएको छ । थप अनुसन्धान पनि भईरहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button