घरमै रोजगारी दिन तालिम

दमौली खबर संवाददाता
व्यास नगरपालिकाको आयोजनामा व्यास ६ बाह्रबिसेका महिलालाई एक महिने एडभान्स सिलाई कटाई तालिम दिन सुरु गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत भैरहेका उद्यमी महिलाहरुको स्तरोउन्नती सम्बन्धी तालिम सुरु गरिएको हो । उक्त तालिमको उद्घाटन व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशीले गरिन् । उपप्रमुख जोशीले तालिम लिईसकेपछि व्यवहारमा उतारि व्यवसाय गर्न तर्फ लाग्नु पर्नेमा जोड दिईन् । व्यास नगरपालिकाका शाखा अधिकृत बिमल गिरीले स्थानिय महिलाको आवश्यकता र मागलाई बुझी तालिम प्रदान गर्ने गरेको बताए ।

सीप सिकिसके पछि कार्यान्वयन गर्नुपर्ने भन्दै उत्पादन बस्तुको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने बताए । नगरपालिकाको बोर्ड सदस्य कल्पना पोख्ररेलले तालिम लिईसकेपछि व्यवसायिक रुपमा लाग्नुपर्ने बताईन् । तालिममा महिलालाई कपडाको डिजाईन लागयत अन्य फेसनका कपडा सिलाउन सिकाईने प्रशिक्षक सन्तोषी थापाले जानकारी दिईन् । वडा अध्यक्ष सुर्यभक्त भण्डारीको सभापतित्वमासम्पन्न उद्घाटन समारोहमा वडा सदस्य बुद्धिमाया वि.क अम्रेरी रातामाटा टोल विकास संस्थाका अध्यक्ष भरतराज भण्डारी लगायतले बोलेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button