दमौली बजार एकाइको सभापतिमा आले निर्वाचित

दमौली खबर संवाददाता
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइसमितिको सभापतिमा भुपाल आले निर्वाचित भएका छन् । दमौलीमा रहेको व्यवसायीको छाता संगठन ईकाइको नयाँ नेतृत्वको चयनका लागि शनिबार भएको निर्वाचनबाट ईकाइको सभापतिमा आले निर्वाचित भएका हुन् । कुल ८ सय ३५ मत खसेको मध्ये विजयी आलेले दुई सय ७२ मत प्राप्त गरि सभापति बनेका हुन् । कुल एक हजार ८५ मतदान मध्ये ८ सय ३५ मत खसेको थियो । ईकाइका सभापति राजकुमार श्रेष्ठ राकुका अनुसार अध्यक्षका प्रतिस्पर्धी सुकनारायण मल्लले २ सय २८, दधिराज घिमिरेले २ सय ९ र विन्दु श्रेष्ठले १ सय ३ मत प्राप्त गरेका छन् ।

यसैगरी एकाइ उपाध्यक्षमा राजेश मल्ल निर्वाचित भएका छन् । उनले ५ सय ४१ मत प्राप्त गरेका थिए भने प्रत्यासी विजय पौडेलले एक सय ९५ मत प्राप्त गरे । दुई सय ५८ मत प्राप्त गरि एकाइ कोषाध्यक्षमा किनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । प्रत्यासी भरतकुमार श्रेष्ठले २ सय ३९, अन्जु दाहालले २ सय ५ र हर्षमान श्रेष्ठले ८६ मत प्राप्त गरेका थिए । यसैगरी जिल्ला प्रतिनिधि पदमा सर्वाधिक छ सय नौ मतका साथ महेश मल्ल विजयी भएका छन् । पांच सय ४९ मतका साथ एक प्रसाद श्रेष्ठ, पांच सय ४४ मत प्राप्त गरेर रमेशकुमार श्रेष्ठ, ५२६ मतका साथ प्रकाश हड़खले र ५ सय ३६ मतका साथ ८ किशोर कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

एकाइ सदस्यमा भरत पराजुली (४९४), विष्णुकुमार श्रेष्ठ (५२८), ब्रजेश शाह (५५९), दिलबहादुर दरै (६०५), दीपक राई (४४८), कमल गिरी (५३३), लालप्रसाद प्रधान (५१५), महमद सलिम मियाँ (६०८), नारायण मल्ल (५८१), प्रकाश श्रेष्ठ (५६९), राजेन्द्र श्रेष्ठ (५१९), राजकुमार श्रेष्ठ (५२९), सुनिल श्रेष्ठ (५७६) र युवराज भण्डारी (४९०) मत प्राप्त गरी विजयी भएका छन् । राती पौने नौ बजेबाट शुरू मतदानको परिणाम विहान करिब ४ बजे सार्वजनिक गरिएको थियो । उपाध्यक्ष पदमा उम्मेद्धवारी दिएका इन्द्रलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका थिए । त्यस्तै एकाई समितिको २५ औं वार्षिक साधरण सभा एवं ११ औं अधिवेशकोे व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button