दमौली बजार ईकाइको निर्वाचनमा ८३५ मत खसे

तनहँु उद्योग वाणिज्य संघ दमोली बजार ईकाइको निर्वाचनमा आठ सय ३५ मत खसेको छ । दमौलीमा रहेको व्यवसायीको छाता संगठन ईकाइको नयाँ नेतृत्वको चयनका लागि शनिबार बिहान ११ बजे देखि ५ः३० बजेसम्म मतदान चलेको थियो । कुल एक हजार ८५ मतदान मध्ये ८ सय ३५ मत खसेको ईकाइका सभापति राजकुमार श्रेष्ठ राकुले जानकारी दिए । उनका अनुसार साँझ ७ बजे देखि मतगणना सुरु गरिको थियो। ईकाइको सभापतिको लागि सुकनारायण मल्ल, दधिराज घिमिरे,विन्दुलाल श्रेष्ठ र भूपाल आलेबीच प्रतिस्पर्धा रहेको छ ।

उपाध्यक्ष पदमा उम्मेद्धवारी दिएका इन्द्रलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । कोषाध्यक्ष पदका लागि हर्षमान श्रेष्ठ,भरतकुमार श्रेष्ठ, किनकुमार श्रेष्ठ र अन्जु दाहाल बीच प्रतिस्पर्धा रहेको छ । सदस्यका लागि ब्रजेश साह,राजकुमार श्रेष्ठ, भरत पराजुली,युवराज भण्डारी,कमल गिरी,महोमद सलिम मिया,लालप्रसाद प्रधान, दिलबहादुर दरै, राजेन्द्र श्रेष्ठ, प्रकाश श्रेष्ठ, नारायण मल्ल,विष्णुलाल श्रेष्ठ, दिपक राई,सुजितनारायण श्रेष्ठ,मदन पौडेल, सुनिल श्रेष्ठ र केहरसिं आलेहरु प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै जिल्ला प्रतिनिधिका लागि महेश मल्ल, प्रकाशचन्द्र हड्खले, रमेशकुमार श्रेष्ठ,किशोरकुमार श्रेष्ठ र जुननारायण श्रेष्ठबीच प्रतिस्पर्धा रहेको छ ।

अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक कोषाध्यक्ष पाँच जिल्ला प्रतिनिधि र १४ जना इकाई सदस्य निर्वाचित हुनेछन् भने सचिव निर्वाचित समितिले मनोनित गर्ने छ । त्यस्तै एकाई समितिको २५ औं वार्षिक साधरण सभा एवं ११ औं अधिवेशकोे व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरे । शुक्रबार उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा नगर प्रमुख न्यौपानेले मर्यादित तरिकाबाट अगाडी बढी सर्वसम्मत रुपमा पदाधिकारीहरु चयन गर्नु पर्ने सुझाव दिए । व्यवसायिक हक हितको लागि नगर पालिकाले पर्यटन प्रवद्धन हुने गरी वजेट विनियोजन गरेको बताए । मानहुँकोट, छाब्दीवाराही, व्यासको १०८ फिट अग्लो मूर्ति, मादीनदीमा ताल बनाउने जस्ता कार्यलाई प्राथकिता दिई अघि बढेको बताए ।

कार्यक्रममा एकाईमा सभापति राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु वृषराज श्रेष्ठ, संघका वरिष्ठ उृपाध्यक्ष वैकुष्ठ नाथ मिश्र, नेपाल महिला उद्यमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्ल, एकाईका उपसभापति सुकनारायण मल्ल, सचिव दधिराज घिमिरे लगायतले बोलेका थिए । सो अवसरमा ६ लाख बराबरको घरभाडा छुट गर्ने व्यास मिनिमार्केटका सञ्चालक हरिभक्त श्रेष्ठ र एकाईका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button