म्याग्देमा आयोजित आँखा शिविरबाट ५३६ जना लाभान्वित

दमौली खबर संवाददाता

दमौली, फागुन १६

तनहुँको म्याग्दे गाँउपालिकाको आयोजनामा आईतबार देखि निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । शिविरको दोश्रो दिन ५३६ जनाको आँखाको परिक्षण गरिएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाँउपालिका र श्री सुर्य नेपाल प्रा.लि.तथा तनहुँ हाईड्रो पावर नेपालको आर्थिक सहयोगमा निशुल्क आँखा शिविर संचालन भएको हो ।

शिविरको दोश्रो दिन भएको ५३६ जनाको आँखाको परिक्षण मध्ये महिला ३२५ जना र पुरुष २११ जनाको आँखाको परिक्षण गरिएको गाउँपालिकाले जनाएको छ । उपचारको क्रममा १९ जना स्थानियको आँखामा जलविन्दु र मोतिविन्दु भएको पाईएको छ । निजहरुको जलविन्दु र मोतिविन्दुको निशुल्क उपचारका लागी हिमालय आँखा अस्पताल पोखरा रिफर गरिएको छ । यसैगरि शिविरमा ५३६ जनालाई विभिन्न आँखा सम्वन्धि औषधी समेत वितरण गरिएको छ ।

सोही शिविरको अवसरमा चौथोे चरणको कोभिड खोप २४७ जनालाई लगाईएको छ भने जसमा महिला १३६ जना रहेका छन् भने पुरुष १११ जना रहेको छन् । यसैगरि ६ डोज वुस्टर खोप लगाउनेमा पुरुष ३६ जना र ४६ जना महिला रहेको स्वास्थ्य शाखाका प्रमुख तिलक घिमिरेले वताए । शिविरमा आँखाको समान्य परिक्षण, उमेरका कारण नजिक नदेख्ने समस्या भएकाहरुको उपचार, मोतिविन्दु भएको ज्येष्ठ नागरिक विरामीको पहिचान र रिफर गरिएको छ ।

म्याग्दे गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले निशुल्क आँखा शिविरवाट जनता लाभान्वित भएको वताउनुभयो । अव तत्काल केही समय पछि पुन निशुल्क दाँत शिविर संचालन गर्ने तैयारी भईरहेको समेत उहाँले वताउनुभयो । तीन दिन सम्म चल्ने निशुल्क आँखा शिविर १६ गते जामुने स्वास्थ्य चौकी जामुनेमा हुनेछ । आईतबार गरिएको शिविरबाट २०५ जना आँखाका विरामी लाभाविन्त भएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button