तनहुँमा आयुर्वेद चिकित्सा प्रणालीबाट उपचार लिनेको संख्या बढ्दै

दमौली खबर संवाददाता

दमौली, पुस ९ ।

तनहुँमा आयुर्वेद चिकित्सा प्रणालीबाट उपचार लिनेको संख्या बढ्दै, जटिल रोगका बिरामीहरु जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट धमाधम उपचार लिन थालेका छन् । यसरि उपचार लिनेहरुमा पेट दुख्ने, खान नरुच्ने , दम, बाथ, हाडजोर्नी, ग्याष्ट्रिक, प्रसूति, शिरीरको केहि भाग नचल्ने, शरीर झमझामाउने लगायतका विरामीहरु यतिवेला केन्द्रमा आउने गरेको पाइको छ ।

“पहिले आयुर्वेद औषधि उपचार कमैले गराउने गर्थे भने पछिल्ला वर्षमा आयुर्वेद औषधि उपचारमा सेवा लिनेको संख्या प्रत्येक वर्ष बढ्दै गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले वताए । पछिल्लो समयमा आएर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले फिजियोथेरापी सेवा सुचारु गरेपछि विरामीको संख्या जान बढ्न थालेको बताएको छ । जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहित इकाई आयुर्वेदक केन्द्र गरि १६ वाट केन्द्र बाट जिल्लाबासीले सेवा पाइरहेका छन् ।

व्यास नगरपालिका वडा नम्बर १० संगीता कोइराला लामो समय देखि घुडा र पातो दुखेर स्वास्थ्य आयुर्वेदक केन्द्र दमौलीमा आएर ५ दिन देखि नियमित रुपमा विद्युतीय मेसिनबाट उपचार गर्दा धेरै आराम भाएको बताउनुभयो । व्यास नगरपालिका वडा नम्बर १३ बेलवास निवासी प्यारालाइसीसका विरामी श्रीकृष्ण शाही शरीरको दाइने भाग नचल्ने भएपछि थेरापी गर्न आएको बताउदै अहिले धेरै सुधार भएको वताउनुभयो । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷७९ मा ७३ हजार ५ सय १४ , २०७७÷७८ मा ५५ हजार ८ सय ४२, २०७६÷७७ मा ३८ हजार ५ सय ८५ जनाले स्वास्थ्योपचार सेवा लिएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button