तनहँुमा कोरोनाका २२ सक्रिय संक्रमित

मंगलबार जिल्लामा दुई संक्रमित थपिएका छन् । जिल्लाको ऋसिङ गाँउपालिका वडा नं २ मा महिला पुरुष १÷१ गरि दुई जना संक्रमण पहिचान भएको छ । यो सँगै कोरोनाका संक्रिय संक्रमितको संख्या २२ रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहँुले दिएको तथ्याङक अनुसार जिल्लामा १२ पुरुष र १० महिला गरि २२ जना सक्रिय संक्रमित रहेका छन् । व्यास नगरपालिकामा ५,भानु नगरपालिकामा १०,शुक्लागण्डकी नगरपालिकामा ५ ऋषिङ गाँउपालिकामा २ जना संक्रिय संक्रमित रहेका छन् ।सबै संक्रमितहरु होम आईशोलेसनमा रहेको स्वास्थ्य कार्यालय तनहँुका प्रमुख शंखरबाबु अधिकारीले जानकारी दिए ।

हाल सम्म जिल्लामा कोराना संक्रमितको संख्या एक हजार ४ सय ४७ रहेको छ । जसमा एक हजार २३ पुरुष रहेका छन् भने चार सय २४ जना महिला रहेका छन् । संक्रमति मध्ये नौ सय ९५ जना पुरुष र चार सय ६ जना महिला उपचारपश्चात निको भएका छन् । संक्रमणबाट ज्यान जानेको संख्या २२ रहेको छ । व्यासमा ८,शुक्लागण्डकीमा ४,भिमादमा ६,म्याग्देमा ३, ऋषिङमा १ र आँबुखैरेनीमा २ रहेको छ । कोरोना भाईरसको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

पछिल्लो समय अस्पतालको आइसोलेसनमा बस्ने संक्रमित छैनन् । अस्पताल तथा सरकारले निर्माण गरेको आइसोलेसन सेन्टरहरु खाली रहेका छन् । संक्रमितहरु अहिले होम आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् । अहिले तरकारी, किराना, हार्डवयेर, मासु पसल लगायतका पसलहरू दिनभरी नै खुला रहन्छन्। पहिले मास्क लगाएर बजारमा हिँडिरहेको देखिन्थ्यो। तर अहिले थोरै व्यक्तिले मात्र मास्क प्रयोग गरिरहेका छन्। यसले पनि मानिसमा कोरोनाको त्रास विस्तारै घट्दै गएको देखिन्छ।

त्यस्तै जिल्लामा लक्ष्यभन्दा १०९ प्रतिशत बढीले कोभिडविरुद्धको खोप लगाएका छन् ।स्वास्थ्य कार्यालयका अनुसार पहिलो चरणको खोप अभियानानमा एक हजार ८३० जनाले कोभिडविरुद्धको खोप लगाएका हुन् । जसमा एक हजार ६४ महिला र ७६६ पुरुषले रहेका छन् । जिल्लामा एक हजार ६७९ लाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य थियो ।

यसअवधिमा ६७७ स्वास्थ्यकर्मी, २३८ स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, ३३० महिला स्वास्थ्य स्वयंसेविका, २७ सरसफाइकर्मी, १६ एम्बुलेन्स तथा शववाहन चालक, आठ शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, २५५ वृद्धाश्रममा रहेका व्यक्ति र २७९ जेलमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीलाई खोप लगाइएको छ ।

कार्यालयका अनुसार व्यास नगरपालिकाका ६४३, म्याग्दे गाउँपालिकाका ६४, ऋषिङ गाउँपालिकाका ६७, शुक्लागण्डकी नगरपालिकाका १८८, भीमाद नगरपालिकाका १२७, घिरिङ गाउँपालिकाका ६०, भानु नगरपालिकाका १३६, बन्दीपुर गाउँपालिकाका १२४, आँबुखैरेनी गाउँपालिकाका ८७ र देवघाट गाउँपालिकाका ३३४ लाई खोप लगाइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button