अपांगता परिचय पत्र वर्गीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता

दमौली, माघ २३

सामाजिक विकास कार्यालय तनहुँ र सहृदयी मञ्च तनहुँ नेपालको संयुक्त आयोजनामा अपांगता परिचय पत्र वर्गीरण सम्बन्धी स्थानीय तहहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा वाग्लेले यस्ता अन्तरक्रियाले कस्तो अपाङ्गता भएकालाई कस्तो परिचयपत्र प्रदान गर्ने सम्बन्धमा जानकारी लिन मद्धत पुग्ने बताउनुभयो । उक्त कार्यक्रममा जिल्ला न्यायाधिश कोमल राज आचार्य र राष्ट्रिय अपांग महासंघ महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले सहजिकरण गर्नु भएको अन्तरक्रिया कार्यक्रममा तनहुँ जिल्ला भरी नै एकै प्रकारको अपांगता परिचय पत्र लागू गर्ने विषयमा सबै स्थानिय तहहरु सहमत रहेका छन् । तनहुँ जिल्लामा रहेका १० वटै पालिकाका उप प्रमुख तथा उपाध्यक्षहरु, सामाजिक विकास शाखाका प्रमुखहरु, स्थानिय अपांगता समन्वय समितिका सदस्यहरु, तनहुँ जिल्लामा रहेका अपांगताको क्षेत्रमा सक्रिय संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता सामाजिक विकास कार्यालय तनहुँका कार्यालय प्रमुख विक्रम सुवेदीले गर्नु भएको थियो भने कार्यक्रमको उद्देश्य माथि प्रकाश सहृदयी मञ्च तनहुँ नेपालका अध्यक्ष सावित्री सुवेदी र सहजीकरण सामाजिक विकास कार्यालय तनहुँका अधिकृत दधिराज पौडेलले गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button