मौलिक जरोकिलो पार्टी, गण्डकी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न

मौलिक जरोकिलो पार्टी, गण्डकी प्रदेशको दोस्रो अधिवेशनले हरि नेपाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित गरेको छ । तनहुँ जिल्लाको आबुखैरेनीमा आज सम्पन्न दोस्रो अधिवेशनले नेपालको अध्यक्षतामा सात सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । पार्टी प्रवक्ता प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यता र   केन्द्रीय समिति सदस्यहरु दिल बहादुर क्षेत्री, मदन पौडेल र कमल न्यौपानेको समुपस्थितिमा दोस्रो अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले हरि नेपालको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ । नव गठित कार्य समिति उपाध्यक्ष टोल राज वाग्ले, महासचिव  भरत गिरी, सचिवमापद्मा राना, कोषाध्यक्षमा जगन्नाथ वाग्ले चयन हुनु भएको छ । सदस्यहरुमा वसन्त देवकोटा, चिजकुमार श्रेष्ठ चयन हुनु भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button