यसपाली गोविन्द राज जोशी लाई  भोट किन ?

आम निर्वाचन २०७९ मंशिर ४ मा तनहू जिल्लाको क्षेत्र न १ को संघीय संसदका लागि १८ बर्ष पछि गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी प्रस्तुत गर्नु भएको छ। गोविन्द राज जोशीको अनुपस्थितिमा तनहू जिल्लाको बिकासमा के कति प्रगति भयो? आज जनताले प्रश्न गरिरहेका छन्।

२५ बर्ष सम्म रामचन्द्र पौडेलले तनहूको प्रतिनिधित्व गर्नु भएको थियो। आज फेरि उनी क्षेत्र न १ बाट जोशीसंग प्रतिस्पर्धा गरिरहेका छन्। जोशीले १८ बर्ष अगाडि गरेका बिकास निर्माणका कामले आजसम्म पूर्णता प्राप्त गर्न नसकेको र अलपत्र परेको गाउमा जादा देख्न सकिने र जनताले गर्ने प्रश्न पनि त्यहि रहेछ। आज सम्म काम नहुदा पौडेलले जनतालाई जवाफ दिन सकेका छैनन्। भने जेशीलाई जनताले भन्ने कुरा पनि बिकासकै छ। फरक यति छ कि जेशीलाई तपाईले पहिला धेरै नै काम गरेको सुनेका छौ। बिकासका काम तपाइले गर्नु हुन्छ भन्ने लागेको छ। तपाईले हाम्रो काम गरिदिनु पर्यो यस पटक हामी तपाईलाइ भोट हाल्छौ भनिरहेका छन्। पौडेल गाउमा जादा तपाईले के गर्नु भयो २५ बर्ष सम्म ?आज तपाई किन आईरहनु भएकोछ? तपाईले के गर्नु हुन्छ?काम गर्नु पर्ने समयमा नगर्ने अहिले आएर तनहूको बिकासको जिम्मा लिन्छु भन्नु हुन्छ २५ बर्ष सम्म काम नगर्नेले अब ५बर्षमा गर्छु भनेको कसरी पत्याउने?जनताले राम चन्द्र पौडेललाई गर्ने र गरिरहेका प्रश्नहरू यस्तै हुन।

जोशीको १८ बर्ष पहिले गरेको कामको आमा वुबा यूवा युवती सवैले सम्झना गरिरहेछन्। ठूला बिकासका योजना , बाटो ,पुल ,हस्पिटल ,ट्रेनिगं सेन्टर ,स्कुलको स्वीकृति , १०+२ कक्षा सॅचालन,आर्मीक्याम ,शसस्त्र प्रहरी क्याम्प, प्राबिधिक शिक्षालय लगायत बिधुतिकरण सेतीहाइड्रोपावर परियोजना र दमौली खाने पानी येजना समेतका दर्जनौ काम गरेका छन्। यसका साथै शिक्षक स्थायी , स्कुलको दरवन्दी स्वीकृत , प्रहरी,आर्मी लगायतका बिभिन्न संस्थाहरूमा जागिर खुवाउने काम पनि गरेका थिए। त्यसैले आज उनलाई भोट हाल्न जनता तयार देखिन्छन्। जोशी र पौड्लमा फरक यहि हो। एउटाको काम गरेको सम्झना ,अर्काको काम नगरेको सम्झना जनतामा ताजा रहेछ। कामका हिसावले जोशी र पौडेलमा ठूलो अन्तर भेटिन्छ। सायद यस किसिमले बिकास र सहयोग गर्ने नेता कमै होलान। जिल्लाको चिन्ता लिने र काम गर्ने नेता ,जनताको काम गर्नु पर्छ भन्ने भावना भएका नेतामा जोशी नै हुन भन्नेमा तनहूका जनताले बुझेका छन्। पौडेललाई जिल्ला नहेरेको ,काम नगरेको , पुराना र त्यगी नेता तथा कार्यकर्तालाई पक्षपातपूर्ण ब्यबहार गरेको आरोप लागेकोछ।

उनी आफनो बचाउमा आफ्नो प्रचार भन्दा जोशीलाई गाली गर्ने अनि म प्रधानमन्त्री हुन्छु जोशी जितेर गए पनि निलम्वन हुन्छ तपाईहरूको भोट खेर जान्छ त्यसैले जोशीलाई भोट नहाल्नोस भनेर भ्रामक प्रचार गरेर भोट बटुल्ने काममा लागेका छन्।सुरू देखिनै भ्रामक प्रचारमा लागेका पौडेलले जोशीले उम्मेदवारी दिनै पाउदैन भने जोशीले उम्मेदवारी दिए। उम्मेदवारी खारेज हुन्छ भने उम्मेदवारी कायम भयो। जिते पनि सपथ खान पाउदैन र निलम्वन हुन्छ भने जोशीको हकमा त्यो नियम नलाग्ने भयो। त्यतिले पनि चित्त बुझेन र पुन सर्वोच्चमा उम्मेदवारी खारेजीको रिट हाल्न लगाए सर्वोच्चले त्यो रिट पनि खारेज गररिदियो। अव उनले के जुक्ति नकाल्छन् त्यो भने प्रतिक्षा गर्नु पर्ने हुन्छ। काम गरेर होईन अर्काको कम्जोरी खोतलेर चुनाव लड्ने प्रयास गरिरहेका छन्। मैले यो काम गरे भनेर देखाउन सक्ने एउटा काम छैन। अनि प्रधानमन्त्री बन्ने हौवा फिजाएर भोट माग्दा जनताले कसरी विश्वास गर्ने? काग्रेसका प्रवक्ताले बारंबार भनेका छन शेर बहादुर देउवा भावी प्रधानमन्त्री हुनुहुनेछ। अर्को तिर यूवाहरूको नेतृत्व गर्दै गगन थापा भावी प्रधानमन्त्री भनेर चुनावमा प्रतिस्प्रधा गरिरहेका छन्। टिकट देउवाले दिने जितेर आए पछि पौडेललाई संसदीय दलको नेता बनाउनु पर्छ भनेर देउवाले भन्लान?देउवा सात पटक प्रधानमन्त्री हुन्छन् भनेको ज्योतिषीय बिश्वासमा छन् र पार्टी प्रवक्ता कुर्लिरहेका छन। यस्तो अवश्थामा कसरी प्रधानमन्त्री हुन्छु भनेर भन्न सकेका हुन?जनतालाई कति सम्म ढाट्ने कहिले सम्म ठग्ने? तनहूका जनताले मनन् गर्नु पर्ने ,चिन्तन गर्नु पर्ने र मतदानका समयमा विवेक पुर्याउनु पर्ने समय यहि हो। यस पटक पनि हामीले विवेक पुर्याउन सकिएन भने तनहू जिल्लाले कति बर्ष सफर गर्नु पर्ने हुन्छ र भविष्य के हुन्छ? तनहूवासीले सोच्नु पर्ने र निर्णय गर्नु पर्ने समय यहि हो। मंसिर ४ गते तपाईले गर्ने मतदानले तपाइ आफ्नै सन्ततिको भाग्य र भविष्यको फैसला गर्दै हुनु हुन्छ। सोचौ बुझौ र मतदान गरौ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button