९१४ जनाको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण

दमौली खबर संवाददाता
दमौली, कात्तिक १ ।
     म्याग्दे गाँउपालिकाले आयोजना गरेको दोस्रो चरणको एकिकृत घुम्ति शिविरवाट हालसम्म९१४ जना महिलाहरुको पाठेघरका मुखमाहुने क्यान्सरको परिक्षण गरिएको छ । महिलाहरुमा अत्याधिक समस्या हुने पाठेघरको मुखको क्यान्सर परिक्षणमा पालिका भरका ५ वटा वडा भित्रका महिलाहरुले सो सेवा लिएका हुन् ।
     यसमध्ये ३६ जनामहिलाहरुमा भिआई एपोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकामहिलाहरुलाई थपउपचारका लागी सम्वन्धितनिकायमासिफारिश गरिएको स्वास्थ्यशाखाकाप्रमुखदिनेश पण्डितले वताउनुभयो । भिआई एपोजेटिभ सवैभन्दा वढि वडा नं १ को मान्ह्रौमागरिएको परिक्षणमा ८ जनालाई देखिएको थियो । यसैगरिवडा नं ७ को समिधारामा ४ जना, रानीश्वारामा७जनालाई पोजेटिभ देखिएको छ । भने वाख्रेमा ३ जनालाई देखिएको छ ।
     शिविरमा इम्प्लाण्टको सेवा७जना, आयुसिडी २५ जना, पिल्सको २ जना, हिस्टोरिक्टोमि १ जना, रिङ्ग प्रेसरी ३१ जना, साईटाईटिस १ जना, व्ह्वाईट डिस्चार्ज ८४ जना, पिआईडी ३ जना, भ्यागलिन्टस ५ जनाले सेव ालिएका छन् ।
यसैगरि रेक्टोसेल ५ जना, साईटोसिल १४ जना, सरभाईटिस २३ जना, सि ईरासोलन ५ जना, प्रोल्याप्सी ४३ जना, सि पोलिप ४३ जनामहिलाले शिविरवाट सेवा लिएका छन् ।
     शिविरमामहिलाहरुको पाठेघर परिक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेशण एवंम परामर्श सेवाहुनेछ । परिवार नियोजन परामर्श सेवा, कोभिड १९ विरुद्धको पहिलो, दोश्रो र अतिरिक्तमात्राखोप सेवा, आयुवैद सेवा, स्वास्थ्यविमा सेवा घुम्ति शिविरवाट उपलव्ध हुनेछ ।
     त्यस्तै घुम्ति शिविरमावहिरङ्ग सेवाअन्र्तगतविरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथाऔषधीवितरण हुनेछ । रगतमाग्लुकोजको परिक्षण, खकार परिक्षणका लागीनमुना संकलन, औलोरोगको परिक्षण हुनेछ । जन्म, मृत्यृ, वसाई, सराई, एवं सम्वन्ध विच्छेदकादर्ता हुनेछ । व्यवसायदर्ता, राजश्व संकलन, मालपोत तथाभुमिकर संकलन,ज्येष्ठ नागरिक एवं अपाङ्ग परिचयपत्रवितरण हुनेछ । विउविजनवितरण एवं कृषिअनुदानमाग संकलन, पशु सेवाशाखाअन्र्तगतगोवर परिक्षण र नतिजाको आधारमापशु पंक्षिलाई औषधीवितरण, वाख्रा, पाठा एवं वहर वन्ध्याकरण एवं विरामीपशुको उपचार व्यवस्थापन, उपभोक्ता सँग योजना संम्झौताहुने म्याग्दे गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
     शिविरमा गाँउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे प्रमुख प्रशाशकिय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्यहरुको उपस्थिती रहेको थियो । शिविर कार्तिक ४ गते सम्म चल्ने गाउँपालिकाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button