घरेलु कार्यालयको नाम परिवर्तन

दमौली खबर संवाददाता
दमौली:३१, असोज
घरेलु तथा साना उद्योग कार्यालय तनहुँको नाम परिवर्तन गरिएको छ ।
कात्तिक १ गतेबाट परिर्वन भएको हो । पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको असोज २७ गतेको पत्रानुसार कार्तिक १ गतेदेखि सो कार्यालयको नाम परिवर्तन गरि ‘पर्यटन तथा उद्योग कार्यालय तनहुँ’ राखिएको छ ।
 साविकको घरेलु तथा साना उद्योग कार्यालयलाई पर्यटन तथा उद्योग कार्यालयको रुपमा परिवर्तन गरिएको हो । उक्त कार्यालयको अबदेखि ट्राभल तथा टे«किङ एजेन्सी, दर्ता अनुमति तथा नविकरण, पर्यटकीय होटल, रिसोर्ट, लज, ट्राभल, गाइड, ¥याफ्टिङ लगायत साहसिक पर्यटनको प्रबद्र्धन दर्ता अनुमति, नविकरण र नियमत कार्य विवरण थप गरिएको सो कार्यालयका प्रमुख अविनाश कुँवरले बताए । वार्षिक विकास कार्यक्रम अनुसार पर्यटकीय पूर्वाधारहरुको निर्माण तथा विकास गर्ने थप कार्य विवरण समेत सो कार्यालयले पाएको जानकारी कुँवरले दिनुभयो  ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button