गण्डकी वाङ्मय प्रतिष्ठानले दोस्रो राष्ट्रिय साहित्य सम्मेलन गर्ने

दमौली खबर संवाददाता

दमौली, वैशाख १९

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यहि जेस्ठ २६ र २७ गते दोस्रो राष्ट्रिय साहित्य सम्मेलन तथा कविता प्रतियोगिता गर्ने भएको छ ।

सो प्रतिष्ठानका अध्यक्ष सागर उदासको अध्यक्षतामा आज बसेको कार्यसमितिको बैठकले उक्त कार्यक्रमको सो निर्णय गरेको हो । दुइ बर्ष अघि गर्ने भनिएको उक्त सम्मेलन कोभिड–१९ को महामारीले गर्दा रोकिएको र अव स्थिति सामान्य भएको हुंदा सो सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष सागर उदाशले जानकारी दिनुभयो । तत्कालिन समयमा सबै तयारी पुरा भएको तर कोभिडको कारणले गर्दा जिल्ला प्रशासनले समेत कुनै सार्वजानिक कार्यक्रम नगर्नु नगराउनु भनि सुचना दिएकोले रोकिन गएको उपाध्यक्ष सङ्गम सापकोटाले बताउनुभयो । देशै भरिबाट गरी दुई सय ३७ साहित्यकारको रचना पहिलानै आइसकेको त्यतिबाट छनोट गरिने प्रतिष्ठानले जनाएको छ । प्रथम हुनेलाई ५५ हजार, द्धितीयलाई ४० हजार, तृतीयलाई २५ हजार ६ जना शान्त्वना हुनेलाई जनही १० हजार प्रदान गरिने उपाध्यक्ष गौकुमारी न्यौपानेले जानकारी दिनुभयो । सो कार्यक्रममा प्रतिस्ठानले स्मारिका समेत प्रकाशन गर्ने तथा असार मसान्त सम्म अधिवेशन समेत गर्ने प्रतिष्ठानका सचिव अन्जु दाहालले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button