ट्रेड युनियन कांग्रेसको सातौं अविशेन सुरु

दमौली खबर संवाददाता

दमौली, वैशाख १९

नेपाल ट्रेड युनियन कांग्रेसको सातौं अधिवेशन सोमबार दमौलीमा शुरु भएको छ । विश्व मजदुर दिवसको उपलक्ष्यमा विपी स्मृति भवन दमौलीमा अधिवेशन सुरु भएको हो ।

अधिवेशनमा युनियनसँग आबद्ध संघ सस्थाहरु सहभागी थिए । अधिवेशनको नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले उद्घाटन गर्नुभयो । सो अवसरमा सभापति आलेले कांग्रेस काम गर्ने तर अरुले जस लिने काम भईरहेकोले त्यसको प्रतिवाद गर्नु पर्ने बताउनुभयो । साथै उहाँले सबैलाई समेटेर सर्व सम्मत नेतृत्व चयन गरेर एकतामा बाँधेर युनियनलाई बलियो बनाउन सुझाव दिनुभयो । युनियनका कार्यबाहक अध्यक्ष कार्यबाहक अध्यक्ष लोकराज सेढाईको अध्यक्षतामा उद्घाटन कार्यक्रम नेपाली कांग्रेस तनहुँका निर्वतमान सभापति तथा व्यास नगरपालिकाका प्रम्ख वैकुष्ठ न्यौपाने, पूर्व सभापति वैकुष्ठ न्यौपाने, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, युनियनका केन्द्रीय सदस्य तथा पूर्व अध्यक्ष रमेशचन्द हड्खले, नेपाली कांग्रेस व्यास नगरसभापति सूर्यचन्द्र हड्खले, युनियनका पूर्व सभापति रामनाथ सुवेदी, नेपाल महिला संघ तनहुँको अध्यक्ष पवित्रा पौडेल, नेपाल शिक्षक संघका अध्यक्ष रमेशबाबु भट्टराई, नेपाल शिक्षक महासंघका अध्यक्ष आरसी पोख्रेल, सम्पन्न भएको छ भने हाल बन्द सत्र भईरहेको छ ।

नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ, नेपाल यातायात मजदुर संघ, नेपाल सार्वजानिक सेवा कर्मचारी संघ, निर्माण तथा सम्बद्ध श्रमिक संघ, नेपाल नाई संघ, नेपाल गृह श्रमिक संघ, लगायत आबद्धहरु सहभागी भई उम्मेदवारी दर्ता गर्नु भएको छ । अध्यक्ष लगायत सबै पदहरु सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयाश भईरहेको छ । अध्यक्षमा युनियनका उपाध्यक्ष कृष्णबहादुर केसी, नेपाल शिक्षक संघको तर्फबाट प्रमोद न्यौपाने, हरिभक्त सुवेदी, ओजराज बगाले गरी चार जना आकांक्षी हुनुहुन्छ । सर्वसम्मत चयन गर्नको लागि गठन गरेको समितिले अध्यक्ष चयन गरिसकेको भएपनि नाम भने गोप्य राखिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button