नारी


नारी
-चिनु
पोख्रेल

नारी हुन् आमा ,नारी हुन् दिदी ,हुन् उनी बहिनी
नारी हुन् छोरी ,मायाकी खानी ,जीवन सँगिनी ।
मानेर वर ,धानेर घर , सपना सँगाल्छिन्
अरुको सुख कल्पेर उनी दुस्ख नै अँगाल्छिन् ।।

घरेलु हिंसा ती नारी माथि , हत्या र बलात्कार
पुरुष बन्छ निर्मम किन गर्दछ अत्याचार ।
विदेशी मुलुक उन्नति गरे महिला माथि छन्
यो हाम्रो देश बुझ्दैन मर्म किन हो साथी झन् ।।

हो सबै क्षेत्र नारीको निम्ति पहुँच चाहिन्छ
नारीको मान राखेमा यहाँ खोजेको पाइन्छ ।
सिर्जना फुल्छ नारीले यहाँ सृष्टि यो धानेमा
घर त्यो बन्छ नारीको माया सर्वस्व ठानेमा ।।

महिला जागे , कर्ममा लागे समाज उठ्दछ
नर र नारी मिलेर जुटे बिकास जुट्दछ ।
चुलो र चौका संसार होइन खोजेर अधिकार
समान बन्ने चाहना हाम्रो पालेर परिवार ।।

नारीको आँसु बुझेर यहाँ बढ्दछ जो नर
सफल बन्छ ,बाटो नि खन्छ,हुदैन बेघर ।
इश्वर रच्छ सिर्जना यहाँ नारीको हातमा
समाज चल्छ ,मिलेर बढे नारीको साथमा ।।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button