तमु ल्होसारको अवसरमा दमौलीको खुला मैदानमा सास्कृति तथा खेलकुद कार्यक्रम गरियो

दमौली खबर संवाददाता

दमौली, पुस १५ । तमु ल्होसार पर्वको अवसरमा आज देशैभर विभिन्न कार्यक्रम गरिएको छ । ल्होसारको अवसरमा तनहुँको सदरमुकाम दमौली, अनसन चौतारी स्थित खुला चौरमा पुस १५ गते बिबिध सास्कृति तथा खेलकुद कार्यक्रम गरिएको हो । तमु सेवा समुह दमौलीको आयोजनामा कार्यक्रम गरिएको हो । सुरुमा व्यास नगरपालिका– ३ देउराली नगर स्थित गुम्बामा १४ गते राती ८ बजे देखि १२ बजे सम्म विशेष पुजापाठ राती १२ बजे बाघ वर्गलाई विदाई गरी बिरालो बर्गलाई स्वागत गरिएको तमु सेवा समुह दमौलीका अध्यक्ष ढकलबहादुर गुरुङले जानकारी दिनुभयो । आज विहान ८ बजे लामा गुरुद्धारा ग्रहशान्ति गरी त्यसपछि जातिय भेषभुषा तथा झाँकी सहितको ¥यालीले दमौली बजारको परिक्रमा गरी अनशन चौतारीको खुला मैदान विभिन्न कार्यक्रम गरिएको थियो

कार्यक्रमको नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । सो अवसरमा सांसद श्रेष्ठले नेपाल सस्कृतिको धनी भएकोले पर्यटकको आर्कषण केन्द्र भएको र यसको संरक्षण गर्नुपर्ने आफ्नो पहिचानलाई गुम्न दिन नहुने बताउनुभयो । कार्यक्रममा गुरुङहरुको जातिय खानेकुराहरु लट्टे, सेलरोटी लगायतका विभिन्न परिकार, ठेला, म्युजिकल चियर, चम्चागुच्चा खेल तथा विविध सास्कृति कार्यक्रम गरिएका समुहका उपाध्यक्ष गणेश गुरुङले जानकारी दिनुभयो । समुहले हरेक वर्ष कार्यक्रम गर्दै आएकोमा विगत दुई वर्ष भने कोरोना संक्रमणले गर्दा कार्यक्रम गर्न नसकिएको र यसपटक धुमधामसँग कार्यक्रम गरिने समुहले जनाएको छ । कार्यक्रमको लागि व्यास नगरपालिकाले पनि आर्थिक सहयोग गरेको समुहका सदस्य रनबहादुर गुरुङले जानकारी दिनुभयो । कार्यक्रमको सहआयोजकमा मिलन तमु आमा समुह र बौद्ध सदन गुम्बा दमौली रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button