थामिएन व्यास नगरपालिकामा डेङ्गुको संक्रमण छ को मृत्यु, पाँच हजार पाँच सय बिरामी

दमौली खबर संवाददाता

तनहुँ, कात्तिक ३१ गते

तनहुँको व्यास नगरपालिकामा डेङ्गुको संक्रमण थामिएको छैन । रोग नियन्त्रणमा आउन नसक्दा ६ को मृत्यु भएको छ भने झण्डै पाँच हजार पाँच सय जना विरामी भएका छन् । व्यास नगरपालिकामा पाँच हजार ४१५ जनालाई डेङ्गुको सङ्क्रमण हुनका साथै छ जनाको मृत्यु भएको हो । डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि सरकारी तथा निजी अस्तालमा विरामीको भीड लागेको छ ।

तनहुँमा हाल सम्म छ हजार ४८४ जनामा सङ्क्रमण भएकोमा व्यासमा पाँच हजार ४१५, आँबुखैरेनी गाउँपालिकामा ३९, ऋषिङ गाउँपालिकामा १८९, घिरिङ गाउँपालिकामा नौ, देवघाट गाउँपालिकामा १४, बन्दीपुर गाउँपालिकामा ४६, भानु नगरपालिकामा ८३ भिमाद नगरपालिकामा १८० जना, म्याग्दे गाउँपालिकामा १०३ जना, शुक्ला गण्डकी नगरपालिकामा ४०० जना र पालिका नखुलेको ६ जना अन्य जिल्ला स्थायी घर भई हाल तनहुँमा बस्ने ३३ जना डेङ्गुको सङ्क्रमण भई बिरामी भएको स्वास्थ्य कार्यालय तनहुँमा प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमित मध्ये व्यास नगरपालिकामा मात्रै ८४ प्रतिशत र अन्य पालिकामा १६ प्रतिशत रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार छ जनाको मृत्यु भएको छ । व्यास नगरपालिका–९ डोटेलफाँट निवासी ७२ वर्षिय टिकामाया पौडेलको हालै मृत्यु भएसँगै तनहुँमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको हो । यसअघि वडा नम्बर ४ शीतलचोकका छ वर्षीय रिजब श्रेष्ठको असोज २६ गते निधन भएको थियो । डेङ्गुको सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको छ

डेङगुको संक्रमण एडिज जातीको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने, लार्भा हुर्काउने भएकोले पानी जम्न नदिएर बासस्थान ध्वस्त बनाएर लामखुट्टेलाइ नष्ट गर्नुपर्ने चिकित्सक बताउँछन् ।

बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा. परिबर्तन बरालले जानकारी दिनुभयो । जिल्लामा रोग फैलिदै गएपछि रोकथाम, नियन्त्रण र न्युनिकरणको लागि अभियान सञ्चालन गरिएका छ । लामखुट्टेले फुल पार्ने ठाउँमहरु ‘‘खोजौं र नष्ट गरौं’’ भन्ने नारा सहित जिल्लाको सबै पालिकामा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । नेपाल रेडक्रस सोसाईटी तनहुँ डेङ्गु रोगको रोकथाम तथा न्यूनिकरण अभियानमा सामेल छ । रेडक्रसले सचेतना मुलक कार्यक्रम गरिरहेको छ । रेडक्रसले जुनियर रेडक्रस सर्कल, युवा रेडक्रस सर्कल मार्फत लामुखुट्टेको बास स्थान खोज्ने र लार्भा नष्ट गर्ने लगायतको कामभईरहेको नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । बिरामी हुनेमा ५४ प्रतिशत पुरुष र ४६ प्रतिशत महिला रहको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । जिल्लामा डेङ्गु बिरुद्ध अभियान सञ्चालन गरिएको भएपनि नियन्त्रणमा आउन नसक्दा अभियान प्रभावकारी नभएको गुनासो गरिएको छ । जिल्लामा स्तरीय अस्पताल नहुँदा उपचारको लागि पोखरा, चितवन तथा काठमाडौं जानु पर्ने बाध्यता रहेको छ ।

बिरामी अवस्था रही उपचार गरिहनु भएका कांग्रेसका पुराना नेता व्यास नगरपालिका –४ निवासी नरनाथ काफ्लेको स्वास्थ्य अबस्थाको बारेमा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृह मन्त्री गोविन्दराज जोशीले जानकारी लिनु भएको छ ।

काठमाडौं स्थित मेट्रोसिटी अस्पतालमा उपचार गरिरहुन भएका काफ्लेलाई प्रत्यक्ष भेटेर नेता जोशीले स्वास्थ्य उपचारको बारेमा जानकारी लिनु भएको हो । काफ्लेको स्वास्थ्यमा सुधार भईरहेको अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार उहाँ पाँच दिन पछि डिस्चार्ज हुने सम्भावना छ । काफ्ले विपी विचार समाज तनहुँको सदस्य हुनुहुन्छ ।

Show More

Related Articles

Check Also
Close
Back to top button