शान्तीवर्ष अंग्रेजीमा.वि.मा संविधान दिवस धुमधाम मनाइयो

दमौली खबर संवाददाता
दमौली, असोज ३ ।
संविधान दिवसको उपलक्ष्यमा सोमबार व्यास न.पा. वडा नं. ५ स्थित शान्तीवर्ष अंग्रेजीमा.वि.मावि विधकार्यक्रमका साथ संविधानदिवस धुमधामसँग मनाईएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वृषराज श्रेष्ठको प्रमुखआतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता यसै विद्यालयका प्रिन्सिपल दिपक सिग्देलले गर्नु भएको थियो ।
उक्तकार्यक्रममा  यसै विद्यालयका संरक्षक डम्बरदेव कैनी, विद्यालयव्यवस्थापन  समितिका सदस्य विष्णुकुमार श्रेष्ठ र अधिवक्ता शिवराजकाफ्लेले संविधानको महत्वबारे प्रष्ट पार्नुभएको थियो ।
प्रमुख अतिथि श्रेष्ठ लगायत विशिष्ट अतिथिबाट नेपालको नक्सा र राष्ट्रिय झण्डाको किनारामा दिपप्रज्ज्वलनगरि सुरु भएको उक्तकार्यक्रममा विद्यालयका भाईस प्रिन्सिपल खेमलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रमा कक्षा १० माअध्ययनरत छात्रा योगिता घिमिरे, कक्षा ९ मा अध्ययनरत छात्रा अरुणिमा खनाल, कक्षा ८ माअध्ययनरत छात्रा स्मीतापन्थले संविधानको बारेमा मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा यसै विद्यालयमाकक्षा ९ र १० माअध्ययनरत छात्र छात्राहरुले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेकाथिए । कार्यक्रमको सहजीकरण शिक्षक ऋषिराम रानाभाटले गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button