कोरोनाको दोस्रो लहर बिजुली गतिमा फैलदै, जिल्लामा छैन आवश्यक तयारी

दमौली खबर संवाददाता
कोरोना भाइरस संक्रमणको दोस्रो लहरले सक्रिय संक्रमितको संख्या ह्वात्तै बढाएको छ। तर, यसको रोकथाम र नियन्त्रणका लागि गर्नु पर्ने स्वास्थ्य मापदण्ड पालना देखि पूर्व तयारीमा भने लापरबाही गरिएको छ। स्थानीय सरकारले बनाउने भनिएको आवश्यकता अनुसार आइशोलेसन वार्ड तयार छैन। जसले गर्दा सक्रिय संक्रिमत होम आइशोलेसन बसिरहेका छन्। सामान्य लक्षण देखिएको हकमा होम आइशोलेसन प्रभावकारी हुन्छ। तर, बिरामीको अक्सिजन लेवल घट्न थाल्यो भने कोभिड वार्डमा भर्ना गरेर उपचार थाल्नुपर्छ। तर, अझै पालिका स्तरमा आवश्यकता अनुसारको अक्सिजनसहितको उपचार कक्ष तयार छैन। जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार अहिले जिल्लाभर ८७ आईशोलेशन बेड छन् ।

कोरोनाको पहिलो लहरमा तनहँुमा एक सय ५८ शैयाको आईशोलेशन बेड तयार गरिएको थियो । कोरोनाको पहिलो लहर भन्दा दोस्रो लहर भयावह हुदाँ पनि तनहँुका स्थानिय तहको तयारी पहिलाको भन्दा निकै कम छ । जिल्ला स्वास्थ्य कार्यालय तनहँुका प्रमुख शंखरबाबु अधिकारी भन्छन्,‘पहिलाको कोरोना संक्रमितको लागि आईशोलेसन बेड भए पुग्थो, तर अहिलेको अवस्थामा अक्सिजन सहितको आईशोलेसन बेड आवश्यकता पदर्छ । ’ उनले अघि थपे,‘संक्रमितको अवस्था सामान्य रहेको खण्डमा स्वास्थ्य मापदण्ड पालना गरेर होमआईशोलेसनमा बस्दा हुन्छ । तर संक्रमितको अवस्था बिग्रिएमा अक्सिजन लगायत भेन्टिलेटरको आवश्यकता पर्दछ ।’ अहिले प्रत्येक पालिकामा कम्तीमा ५ बेडको आईशोलेशन बेड तयार छन् ।

शुक्लागण्डकीको बेलचौतारा स्थित जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा ३० बेडको आईशोलेशन तयार भएको छ । जहाँ पहिला ५० शैयाको आईशोलेसन बेड तयार गरिएको थियो । अहिले हरेक बेडमा पाईपलाईन मार्फत अक्सिजन पु¥याईएको छ । तर भेन्टिलेटर भने छैन । उक्त केन्द्रमा १२ थान अक्सिजनका ठुलो सिलिन्डर, २० थान सानो सिलिन्डर, ५ थान टा अक्सिजन कन्सुन्टेटर उपलब्ध रहेको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । उनले भने,‘ अहिलेसम्म गम्भिर प्रकृतिका संक्रमित भेटिएको छैन । अहिलेको अवस्थामा आईशोलेसनमा अक्सिजनको समस्या छैन । ’ त्यस्तै यता जिल्लाको सदरमुकाम स्थित दमौली अस्पतालमा १६ जना सामान्य संक्रमित राख्न सकिन्छ । यसअघि उक्त अस्पतालको मातहतमा ७० शैयाको आईशोलेसन बेड तयार गरिएको थियो ।

दमौली अस्पतालमा कोरोना संक्रमित विरामीलाई लक्षित गरी ४ वटा भेन्टिलेटर सहितको ७ वेडको आइसियु कक्ष तयार गरिएको अस्पतालका प्रमुख डा. सुनिल पौड्यालले बताए । स्वास्थ्य मन्त्रालयको २ करोड रुपैयाँ आर्थिक सहयोगबाट अस्पतालमा आईसियु र भेन्टिलेटर व्यवस्थापन गरिएपनि आवश्यक दक्ष जनशक्ति र अक्सिजनको सहज उपलब्धतामा समस्या देखिएको छ । यस्तै, दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । गण्डकी प्रदेश सरकारले अक्सिजन प्लान्ट निर्माणका लागि चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसका लागि टेन्डर प्रक्रिया पुरा भई सम्झौता समेत भइसकेको हुँदा जेठ महिना भित्र अक्सिजन प्लान्ट निर्माण पुरा भई प्रयोगमा ल्याउने तयारी रहेको छ ।

बन्दिपुर गाउँपालिकामा २० बेडको आईशोलेशन तयार छ । यस अघि उक्त पालिकाले १५ शैयाको बेड तयार गरेको थियो । त्यस्तै गाँउपालिकाले १० सिलिण्डर अक्सिजन र एउटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । आबुँखैरेनीमा १२ बेडको आईशोलेशन ,२ सिलिण्डर मात्रै अक्सिजन ३ वटा एम्बुलेन्स तयारी अवस्थामा छन् । यस अघि १२ शैयाको बेड तयारीमा थिए । भानुमा ८ सिलिन्डर अक्सिजन सहित ५ बेडको आईशोलेशन छ । देवघाटमा ५ बेडको आईशोलशन सहित ८ सिलिण्डर अक्सिजन तयार गरिएको छ । भिमादमा १० अक्सिजन सिलिन्डर सहित ५ बेडको आईशोलेशन वेड तयार गरिएको छ ।

म्याग्देमा ५ बेडको आईशोलेशन सहित २ अक्सिजन सिलिन्डर छन् । ऋषिङमा ५ बेडको आईशोलेशन सहित ३ सिलिन्डर अक्सिजन छ । घिरिङमा ५ बेडको आईशोलेशन सहित १ सिलिन्डर अक्सिजन छ । शुक्लागण्डकीमा ३० बेडको आईशोलेशन सहित ५ वटा अक्सिजन सिलिण्डर छ । ब्यास नगरपालिकाले दमौली अस्पतालकै आईशोलेशन बेड प्रयोग गर्ने जनाएको छ। व्यासमा ३ वटा अक्सिजन सिलिण्डर रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button