तनहँुमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन उकालो लाग्ने क्रम जारी, चार पालिकामा थपिए २९ संक्रमित

दमौली खबर संवाददाता
तनहुँमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन उकालो लाग्ने क्रम जारी छ । बिहीवार मात्र तनहुँमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार संक्रमित हुनेमा व्यास, शुक्लागण्डकी नगरपालिका तथा बन्दीपुर र म्याग्दे गाँउपालिकाका २९ जना रहेका छन् । संक्रमित मध्ये व्यास नगरपालिकाका मात्र २० जना रहेका छन भने शुक्लागण्डकीका ७, बन्दीपुर, म्याग्देका एक÷एक जना छन् ।निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार व्यासका ९ जना महिला र ११ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

व्यासका २६, ३६, ३३, ३०, ३६, ७३, ६१, २७, ६०, २० र ८० वर्षका पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै १६, ३१, २६, २०, २६, ३१, ३३,२८ र ४३ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । त्यस्तैगरी शुक्लागण्डकी–१ का ३२, ३५ वर्षीय पुरुष, २का ७० वर्षका पुरुष, ३का ६६ वर्षका पुरुष, ४का २९ वर्षीया महिला, ५का ४४ वर्षका पुरुष र ६का ४१ वर्षीया पुरुषमा पनि संक्रमण भेटिएको छ । बन्दीपुर–३का ५३ वर्षका पुरुष र म्याग्देकी २१ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । तनहुँमा यसअघि बुधवार तनहुँमा ४४ जनामा संक्रमण पुष्टि भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button