भोकमरीबाट जोगिन बैलेमा सचेत रहन आग्रह कमला अधिकारी

दमौली, भदौ ९ ।  नेपालमा कृषि पेशालाई उपेक्षिक गर्ने कार्य रोकेर भोकमरीबाट जोगिन ध्यान दिनु पर्ने कुरामा जोड दिईएको छ ।
कृषि योग्य जमिनको जोखिम व्यवस्थापन सम्वन्धि अनुसन्धान  गर्नेले सो कुरामा जोड दिनु भएको हो ।  व्यास नगरपालिका–१ भादगाउँ, दमौली स्थित निर्मल माध्यामिक विद्यालयमा गरिएको अनुसन्धान कार्य सम्पन्न भएको अवसरमा सो कुरामा जोड दिईएको थियो । रोबोर्टिक एसोसियसन नेपालको प्रायोजन र इन्टरनेस्नल सेन्टर फर इन्ट्रिगेटेड माउण्टेन डेभेलोपमेण्टको आयोजना तथा निर्मल माध्यमिक विद्यालयको व्यवस्थापनमा गरिएको सो अनुसन्धान कार्य सम्पन्न भएको हो ।  विद्यालय र समुह भेटघाट कार्यक्रमको अवसरमा आउनु भएका डा.पुनम त्रिपाठी र सुपरिवेक्षक ई. मिलन तामाङ्गले अनुसन्धानको विषयमा थप सल्लाह सुझाव दिनु भएको थियो ।
साथै कार्यक्रममा आउनु भएका उत्सव मडेल र अभिनास सिलवालले कार्यक्रममा प्रभावकारीताको विषयमा जिज्ञासा व्यक्त गर्नु भएको थियो । उहाँहरुले यस अनुसन्धानलाई अत्यन्त महत्व दिएको विचार व्याक्त गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्र.अ. गणेशचन्द्र बस्नेतले सहयोगि संस्थालाई विशेष धन्यवाद दिनु भएको थियो साथै यस्ता कार्यक्रममा निर्मल माध्यमिक विद्यालय सधै समुदाय संग बसेर काम गर्न इच्छुक र समाजमा हित हुने जुन सुकै कार्य गर्न तत्पर रहेको प्र.अ. बस्नेतले जानकारी गराउनु भयो । कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका वडा नं. १ का वडाअध्यक्ष रमेशचन्द्र हड्खलेले कार्यक्रमको अवसरमा यस्ता अनुसन्धानले तिनै तहहरु, स्थानिय तह, प्रदेश र केन्द्रलाई समेत थप उत्साह तथा पोलिसी, रणनिति र योजना बनाउन थप सहयोग पुग्ने विचार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य डा. शेष रमण न्यौपानेले अनुसन्धानकार्य अत्यन्त समय सार्थक भएको र यस अनुसन्धानबाट प्राप्त सल्लाह सुझावलाई सम्वन्धित स्थानमा पेश गर्नु पर्ने विचार व्याक्त गर्नु भएको थियो । शि.अ.स.का अध्यक्ष हरिशरण खनालले यस अनुसन्धान अन्यन्त सार्थक रहेको बनाउनु भयो ।  जो कोहिले पनि कृषक बन्छु भनेर पढेका हुदैनन् । सवैको विचार बुझ्ने हो भने कि डाक्टर कि इन्जिनियर बन्छु भन्छन तर कृषिअध्ययनमा कुनै प्रेरणको कार्यक्रम भएन साथै धान र घरको उचित स्थान सरकारले तोक्नु जरुरी रहेको डा. न्यौपानेको भनाई थियो । कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट कक्षा १० मा अध्ययनरत कश्मि दवाडीले कृषि जस्तो पवित्र पेशामा सवैको ध्यायन पुग्नु पर्ने र कृषिमा उत्प्र्रेरणको आवश्यक्ता भएको बताउनु भयो । साथै खेती योग्य सवै ठाउँमा घर बने पछि कहाँ कृषि उत्पादन गर्ने ? जस्ता गहन प्रश्न गर्नु भएको थियो  कार्यक्रम विद्यालयका शिक्षक लोकराज सेढाईले सजहीकरण गर्नु भएको थियो ।
अनुसन्धान कार्यलाई थप विश्वसनियता दिलाउने उद्देश्यले सम्वन्धित संस्थाबाट आउनु भएका प्रतिनिधिहरु व्यास नगर पालिका वडा नं. १ मा पर्ने विभिन्न अध्ययन क्षेत्रमा भ्रमण गर्नु भएको विद्यालयका शिक्षक दीपक पन्थले जानकारी दिनुभयो । अनुसन्धान अनुसार करिब सन् २०६५ मा पुग्दा कुनै पनि कृषि योग्य जमिन नरहने र भविष्यमा कृषि संकट छिटै देखिने अनुसन्धानको निष्कर्षमा प्रस्तुत गरिएको छ । साथै आवश्यक सल्लाह र कृषि योग्य जमिनको व्यवस्थापनको उपायहरु समेत प्रस्तुत गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button