मृत्यु दाबी बिमा रकम हस्तान्तण

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड दमौली शाखाले व्यास नगरपालिका बडा न ४ का स्वर्गीय रामलाल श्रेष्ठका परिवारलाई जीवन बिमाबापतको मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीको दमौली शाखाले सोमबार मृतकका परिवारलाई घरमै गई एक कार्यक्रम गरी मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो ।

शाखाका प्रबन्ध सुदिप ज्ञवाली, एजेन्सी मेनेजर एकप्रसाद श्रेष्ठ र बरिस्ठ अभिकर्ता कृष्णबहादुर गुरुङले मृतक परिवारलाई संयुक्त १ लाख ८३ हजार १ सयको चेक मृतकका श्रीमती यसोधा श्रेष्ठलाई हस्तान्तण गरेका छन् । एक लाखको बिमा गरेका स्वर्गीय रामलालको ५० बर्षको उमेरमा मृत्यु भएको हो । बिमा गरेको १४ वर्ष पछि उनको स्वास्थको खराबीको कारणले ज्यान गएको थियो ।

कुल विनाङ्क रकममा बोनस थप गरि कुल १ लाख ८३ हजार एक सयको चेक घरमै पुगी हस्तान्तण गरिएको शाखा प्रबन्धक सुदिप्ले बताए । बिमा रकम हस्तान्तण कार्यक्रममा उनले कतिखेर कसलाई के हुन्छ, कसैलाई थाहा नहुने र केही रकम पनि बचत हुने भएकाले सबैले जीवन बिमा गर्न आवश्यक रहेको बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button