लकडाउनले थला परेको बन्दिपूर आन्तरिक पर्यटनमा जोड दिएर उठ्न खोज्दै

लकडाउनले थला परेको बन्दिपूरको पर्यटन व्यवसाय बिस्तारै उठ्न खोज्दै छ ।सधैं पर्यटकको भिडभाड हुने पहाडकी रानीे बन्दिपूर,सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन जारी गरे सँगै सुनसान बनेको थियो । लकडाउन खुकुलो भएसँगै आन्तरिक पर्यटनमा जोड दिदै होटल व्यवसायहरुले विभिन्न प्याकेजहरु ल्याउने भएका छन् । भ्रमण वर्ष २०२० सफल बनाउनको अरबौ लगानी गरेका व्यवसायीको धरापमा पर्न थाले पछि उक्त प्याकेजहरु ल्याउने भएको हो । बैंकको कर्जामा व्यवसाय सञ्चालन गरेका व्यवसायी नराम्ररी डुब्न थाले पछि होटल र पर्यटन क्षेत्र धरासायी नबनाउन होटल व्यवसायी र स्थानिय तह मिलेर आन्तरिक पर्यटनलाई जोड दिन थालिएको व्यवसायीहरु बतान्छन् ।

बन्दिपूर पर्यटन विकास समितिका सचिव बसन्त पौडेलका अनुसार पर्यटन व्यवसायीमा गरिएको करोडौ लगानी जोखिममा पर्न थालेपछि आन्तरिक पर्यटकलाई जोड दिदै विभिन्न प्याकेज ल्याउन लागिएको हो । उनले भने,‘ कोरोनाको महामारीभन्दा अघि पर्यटन वर्ष मनाउने भनि सुन्दर सपना देखेका थियौ, त्यही अनुसार करोडौं लगानी गरेका थियौ ।

 ’उनले थपे,‘सबै कोरोनाको महामारीले सखाप पार्यो, त्यही भएर स्थानिय पर्यटकलाई प्राथमिकतामा राखेका छौं । ’ उनका अनुसार आन्तरिक पर्यटकको लागि स्थानिय खानाको प्रर्दशनी, खाना र बस्नको लागि विशेष छुट लगायतका प्याकेज ल्याउने तयारीमा रहेको छ । पर्यटक भित्राउनको लागि स्थानिय तहले साईकल ल्याण्ड,भ्युटावर, मिनि गेटवाल निर्माण कार्यलाई तिव्रता दिएको छ ।

पर्यटन व्यवासयको मुख्य चुनौतीका रूपमा कर्मचारीको उचित व्यवस्थापन र बैंकबाट व्यवासायीले लिएको ऋण भुक्तानी रहेको होटल व्यवसायी सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले बताए । ‘पर्यटन क्षेत्रका विभिन्न व्यावसायिक प्रतिष्ठानमा लामो समयदेखि आबद्ध रहेका कर्मचारीका कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा व्यवसायी रहेका छन्’ उनले भने ‘व्यवसायीले व्यवासाय सञ्चालन गर्नका लागि विभिन्न बैक तथा वित्तीय संस्था लिएको ऋणको मासिक कर्जा कसरी तिर्ने भन्नेमा चिन्ता छ ।’ पर्यटन व्यवसायीको लगानी महामारीले गर्दा धरापमा परेपछि गाँउपालिकाले व्यवसायिक करमा ५० प्रतिशत छुट दिईएको गाँउपालिका अध्यक्ष पूर्णसिं थापाले बताए । उनले भने, ‘ हामीले विभिन्न गुरुयोजना तयार बनाएका छौं, बन्दिपूरको पर्यटन व्यवसाय बिस्तारै उठाउने छौं । ’ उनले थपे, ‘पर्यटन क्षेत्रलाई माथि उठाउने योजनासहितको प्रतिवेदन तयार गर्दै छौँ’ । उनका अनुसार मुकुन्दसेन डाँडामा पैदल मार्ग, कृत्रिम ताल निर्माणमा योजना अघि बढाएको बताईएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button