प्रहरीको सफलता घटना भएको आठ घन्टा भित्रमा हत्या आरोपी पक्राउ

जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ७ कुम्लेखोलामा शुक्रबार बिहान ६० वर्षिया तेजकुमारी ढकाल रहस्यमय अवस्थामा मृत फेला पर्यो । स्थानिय दुध व्यवसायीले घरभित्रै झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । पृथ्वीराजमार्ग अन्तर्गत शुक्लागण्डकीको कुम्लेखोलामा एक्लै बस्ने ती वृद्धाको मृत्यु हेर्दा हत्या जस्तो पनि देखिन्थ्यो । त्यसलगतै जिल्ला प्रहरी कार्यालयले घटनाको अनुशन्धान गर्न थालेको थियो । ‘छातिमा हतियारको दाग र घाँटीमा सल बाँधेको ढकालको शवमा हात र खुट्टा पनि बाँधिएको भेटिएयो। ’ तनहँु प्रहरी प्रमुख एसपी अरुण पौडेलले भने,‘ शरिरका विभिन्न भागमा धारिलो हतियारको चोट भएकाले घटनालाई शंकास्पद ठानेर अनुसन्धान गरेका थियौं ।’ घटना सार्वजनिक भएको सात घण्टाभित्रै हत्या आरोपीलाई प्रहरी पक्राउ गर्न सफल भएका हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय बाट ल्याईएको कुशल नाम गरेको कुकुरको सहायतामा हत्यामा संलग्न रही फरार रहेका व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो । घटनामा आरोपी मा गोरखा भिमसेन थापा गाउँपालिका वडा नं. १ बसेनी निवासी ४६ वर्षका शिव गौतमलाई शुक्रबार दिउँसो तीन बजे व्यास २ स्थित सहिदगेटबाट प्रहरीले पक्राउ गरेको हो । थापा घटना स्थल नजिकै रहेको झैसी फार्ममा काम गर्थे । उनले बिहिबारबाट फार्मको जागिर पनि छाडेको स्थानियले बताएका छन् । आरोपीले हुलिया परिर्वतन गरेर दमौली बजार बाट अन्त कतै जानलागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । लुटपाटको हिसाबले हत्या गरिएको प्रहरीको निकष्र्ष रहेको छ । प्रहरीले उक्त घटनालाई थप अनुशन्धान भईरहेको जनाईएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button