संसद विघटन गर्ने एमालेललाई भोट माग्ने अधिकार नभएको माओवादी केन्द्र अध्यक्ष प्रचण्डको भनाई

दमौली खबर संवाददाता
तनहुँ,  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ को सत्तागबन्धनका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद विघटन गर्ने नेकपा एमालेललाई भोट माग्ने अधिकार नभएको बताउनु भएको छ । तनहुँ क्षेत्र नम्बर १ सत्ता गठबन्धनले सोमबार डुम्रे बजारमा गरेको चुनावी कोण सभालाई सम्बोधन गर्दै दाहालले सो कुरा बताउनु भएको हो ।   आफ्नो पक्षमा भएको दुई तिहाई बहुमत संसद् विघटन गर्ने, पार्टी विभाजन गर्ने र अधिकार खोस्नेलाई के भनेर भोट दिने, संविधान च्यात्नका लागि मत चाहियो  भनेर प्रश्न गर्नुपर्ने बेला आएको  बताउनुभयो । ‘नैतिकताले एमालेसँग भोट माग्ने अधिकार छैन’ दाहालले भन्नुभयो ।  आर्थिक विकास, समृद्धिको नयाँ युगमा लैजान गठबन्धन गरिएको पूर्वप्रधानमन्त्री समेत हुनु भएका दाहालको भनाई थियो । आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा वर्तमान गठबन्धन रहेको बताउनुभएको छ ।
संविधान मिच्ने, लोकतन्त्रमाथि प्रहार, गर्ने, महिला, दलित, जनजातिले पाएको अधिकार खोस्ने दुस्साहश गर्ने, संविधानलाई च्याप्ने काम  भएकोले गठबन्धन गरिएको उहाँले बताउनुभयो । ‘देशलाई विकासको प्रक्रियामा अघि बढाउने, स्थिरता दिने गठबन्धन आवश्यक छ, दाहालले भन्नुभयो, देशलाई ऐतिहासिक जनमत सङ्ग्रह जस्तो चुनाव हुँदैछ, संविधानको रक्षा, स्थिरता र विकास भन्ने मुल नाराका साथ गठबन्धन गरिएको हो’ । गिरीजा प्रसाद कोईराला शान्ति नायक र आफू क्रान्ति नायक भएकाले  साहस गरेर १२ बुँदै सहमती नभएको भए नेपाल राष्ट्र अफसफल राष्ट्र हुने दाहालले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button