छिम्केश्वरी पर्यटन मार्गले तीन सरकारबाट बजेट पायो

 दमौली खबर संवाददाता
आँबुखैरेनी, कात्तिक २८ । तनहुँको एक मार्गले तीन वटै सरकारबाट बजेट प्राप्त गरेको छ ।
आँबुखैरेनी गाउँपालिका–५ मा पर्ने छिम्केश्वरी मन्दिर जोड्ने आँबुखैरेनी–छिम्केश्वरी पर्यटन मार्गले बजेट प्राप्त गरेको । सडक कालोपत्र गर्नका लागि तीन वटै सरकारले बजेट विनियोजना गरेकाले काम गर्न सहज भएको हो ।
समुद्री सतहबाट करीब दुई हजार एक सय चौतिस मिटर उचाइमा रहेको धार्मिक पर्यटकीयस्थल छिम्केश्वरी मन्दिर जाने मार्गमा कालोपत्र गर्न लगानी रहेको हो ।
उक्त सडकका लागि रु.५४ करोडमा ठेक्का गरी शर्मा काष्ठमण्डप निर्माण सेवाले निर्माणको जिम्मा पाएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशको सत्चालिस करोड,सघीय सरकारको समपुरक रु.छ करोड र गाउँपालिकाको रु.एक करोड लगानी भएको छ ।
धार्मिक पर्यटकीय दृष्टिकोणले आँटेताकेको मनोकाक्ष पूरा हुने जनविश्वासका साथ भक्तजनहरु पूजाअर्चना गर्न छिम्केश्वरी मन्दिर जाने प्रचलन रहि आएको छ ।
छिम्केश्वरी मन्दिर धार्मिक आस्थाको धरोहरका साथसाथै त्यहाँबाट देखिने प्राकृतिक मनोरम दृश्यले पर्यटकहरुको मन सजिलै आर्कषण गर्ने गरेको पाइन्छ ।
उक्त स्थानबाट विभिन्न जिल्लाका डाँडा,हिमश्रृखला, हरियाली डाँडाकाँडा तथा समथर फाँटहरु सजिलै देख्न सकिन्छ । जसले गर्दा एक पटक गएका पर्यटकहरु पुन : दोहोराएर जाने गर्दछन् ।
जिल्लाको आँबु, भाँगे, छिम्केश्वरी, हिलेखर्क, बाहुन भञ्ज्याङ, छिम्केश्वरी सडक पर्यटक मार्गको नामले परिचित हुदै आएको  गाउँपालिकाले जनाएको छ । सिजनमा छिम्केश्वरी डाँडाभरी नै लालीगुँरास फुल फुलेर रातम्यै भएको रमणीय दृश्य हेर्न र लालीगुराँस फुल टिप्न मानिसहरुको उत्तिकै भीड लाग्ने गरेको पाइन्छ ।
आँबुखैरेनी गाउँपालिका कार्यालयले पर्यटन प्रबद्र्धन गर्नका लागि छिम्केश्वरी मन्दिर जाने मार्गलाई प्राथामिकतामा राखेर काम अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।
आँबुखैरेनी–३ गाउँपालिका चोकदेखि छिम्केश्वरी डाँडासम्मको करीब १६ किलोमिटर दुरीमध्ये रु.पचास लाखको लागतमा तीन किमी सडक स्तरउन्नति गरिएको शर्माले जानकारी दिनुभयो ।
पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको छिम्केश्वरी पर्यटन मार्गमा कालोपत्र गरी आन्तरिक एवं बाह्य पर्यटकको आर्कषणको केन्द्र बनाउन लागेको छौ । उहाँले भन्नुभयो ‘विगतका बर्षमा निर्माण कार्यले गति नलिएपनि नयाँ जनप्रतिनिधी आएपछि तीब्र गतिमा अघि बढाइएको छ ।’
दुई बर्ष अघि निर्माण सम्पन्न गर्नुपर्ने उक्त मार्गको कोरोनाका कारण निर्माण कार्यमा ढिलाई हुन गएको छ । हालसम्म करिब एक किलोमिटर दुरीमा नालासहित कालोपत्र गरिसकेको छ ।
छिम्केश्वरी पर्यटन मार्गको विकास क्रमसँगै यस पालिकाको पर्यटकीय क्षेत्रमा आमूल परिवर्तन हुने विश्वास लिइएको छ । पर्यटकीय दृष्टिकोणले आर्कषण बन्दै गएको छिम्केश्वरी माईको मन्दिर जीर्ण बन्दै गएपछि गाउँपालिको आर्थिक सहयोगमा नयाँ भवन निर्माण कार्य थालेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button