तनहुँका कषकहरु आज देखि आन्दोलनमा उत्रिने

दमौली खबर संवाददाता

तनहुँ, फागुन २१

आफ्नो उत्पादन बिक्री नहुने तथा घाटा खाएर बेच्नु परेको भन्दै तनहुँका कृषकहरुले आन्दोलनको घोषणा गरेका छन् । आईतबार देखि आन्दोलन सुरु गरिने कृषकले बताएका छन् । कृषक माथि परेका समस्या सम्बोधन नभएकोले आईतबार देखि आन्दोलन सुरु हुने । संयुक्त कृषक संघर्ष समितिका अध्यक्ष मित्र दुराले बताउनुभयो ।

नेपाल सरकार, राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, बीमा प्राधिकरण तथा बीमा कम्पनी समक्ष १७ बुँदे माग राख्दै यथाशीघ्र सम्बोधनको पहल गर्न सङ्घर्ष समितिले बिहीबार पत्रकार सम्मेलन गरी माग गरेको थियो । सो मागको सुनुवाई नभएकोले आन्दोलनको सुरुवात गर्नु परेको दुराले बताउनुभयो । कृषिजन्य उत्पादन सस्तो मूल्यमा भारतबाट आउने हुँदा प्रस्पिर्धा गर्न नसक्दा अधिकांश कृषकहरु पेशाबाट पलायन हुनु पर्ने अवस्था आएकोले आन्दोलन सुरु गर्नुपरेको दुराले बताउनुभयो । उत्पादन गरिएको समानको लागत मूल्य नठेकालेले कृषकहरु पलालयन हुने अवस्था आएको किसानहरु विद्रोहमा उत्रिन बाध्य भएको समितिका सहसंयोजक एवं युगिन कृषि फार्मका सञ्चालक ईश्वरराज पन्थले बताउनुभयो । ‘‘उत्पादनको मुल्य भन्दा लागत मुल्य बढी हुने, बैंकको ब्याज अस्वभाविक तवरले बढ्ने र उत्पादनले उचित बजार नपाउने समस्याले किसानहरु व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना भएको छ’’ कृषक पन्थले भन्नुभयो । व्यास नगरपालिका–११ सेरामा दुध तथा तरकारीको उत्पादन गर्दै आउनु भएका कषक रमेशप्रसाद आचार्यले हाल कृषकले खेप्दै आएको समस्या समाधान गरी कृषक र कृषिलाई जोगाउनु पर्ने बताउनुभयो । माग पुरा नभए किसानहरु कडा संघर्षमा उत्रिनुको विकल्प नभएको आचार्यले बताउनुभयो ।

वास्ताविक कृषकले अनुदान नपाउने, आयातित बस्तुहरुको मुल्य कम हुने र खपत पनि बढी हुने हुँदा स्थानीय बजार कमजोर भएको समितिले बताएको छ । अण्डा उत्पादक कृषक खेमराज अधिकारीले अण्डा उत्पादनमा दैनिक ६० प्रतिशत घाटा भईरहेको पेशा सञ्चालन गर्न सक्ने अवस्था नभएको बताउनुभयो । तनहुँमा ९६ जना अण्डा उत्पादक कृषकले दैनिक साढे दुई लाख अण्डा उत्पादन गर्दै आएको बताउँदै उनले वार्षिक ६ अर्व बढी अण्डा उत्पादनमा लगानी गछौं तर पनि सोचे जस्तो प्रतिफल नपाएको गुनासो अधिकारीले गर्नुभयो । बाख्रा उत्पादक संघ तनहुँका अध्यक्ष कुशल अधिकारीले भारतबाट लुकीछिपी नेपाली बजारमा बाखा्र आउने हुँदा कृषकलाई विक्री गर्न समस्या परेको बताउनुभयो । आर्थिक मन्दी आएको पर्यटन व्यवसाय पनि फष्टाउन नसकेको र मानिसको खरीद गर्ने रकमको अभाव हुने गरेकोले विक्रीमा समस्या परेको अधिकारीले बताउनुभयो । दुग्ध उत्पादक संघका अध्यक्ष कालिका पौडेलले लागत अनुसारको मूल्य पाउन नसकेको गुनसो गर्नुभयो

। वैदेशीक रोजागिर छोडेर गाउँ फर्की भैंसीपालन गर्दै आएका व्यास नगरपालिका–११ पोल्याङका भानुभक्त सोतीले लागत मूल्य अनुसारको मूल्य नपाउँदा कृषि व्यवसायलाई निरन्तरता दिन कठिन भएको बताउनुभयो । पत्रकार सम्मेलनमा तरकारी तथा फलफुल उत्पादक, मासुजन्य पदार्थ उत्पादक किसानहरुले कृषि पेशा सम्मानजनक बन्न नसकेको धारणा राख्नु भएको थियो । देश समृद्धिको सपना बोकेर कृषि व्यवसाय गर्दा हामी नै अपमानित हुने अवस्था सिर्जना भएको कृषकहरुको गुनासो गर्नु भएको थियो । संयुक्त कृषक संघर्ष समितिले उत्पादनमा आधारित अनुदानको व्यवस्था लागू गर्नुपर्ने, सरकार मार्फत सिधैं कृषि कर्जा तथा बीमा सुविधा प्रदान गर्नुपर्ने, कृषि उत्पादन सरकारद्वारा सोझै खरिदको व्यवस्था गर्नु गर्नुपर्ने, कृषकलाई फसाउने बैंकले क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ । यसैगरी किसानलाई कालो सुचीमा पु¥याउने बैंकलाई पनि कालो सुचीमा राख्नुपर्ने, अमानवीय बैंकिङ्ग आतङ्क बन्द गर्नुपर्ने माग राखिएको छ । यस्तै कृषकलाई सुकुम्बासी बनाउन बनाउन नपाइने माग गरिएको छ ।

यसैगरी पर्दा पछाडीका बैंकिङ्ग लिलामी गिरोहको सम्पतीको आयस्रोत छानबिन गर्नुपर्ने, विदेशी विषादीयुक्त तरकारी, फलफुल तथा पशुपंक्षी आयात बन्द गर्नुपर्ने, आश्वासनमा फसाएर लादिएको कृषि कर्जा मिनाहा गर्नुपर्ने माग गरिएको छ । यसैगरी परियोजना धितोमा शुन्य प्रतिशत व्याजदरमा कृषि कर्जा प्रदान गर्नुपर्ने, कृषि कर्जा अनुदान अपचलन गर्नेलाई तुरुन्त कारबाही गर्नुपर्ने, दावि भुक्तानी नदिने बीमा कम्पनी खारेज गर्नुपर्ने, लघुबित्त कम्पनीलाई नियन्त्रण गर्नुपर्ने, किसान पेन्सन योजना कार्यावन्यन गर्नुपर्ने लगायतका माग कृषकले गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button