अपाङगतालाई आत्मनिर्भर बनाउदै रेडक्रस

अपाङगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन रेडक्रसले अभियान सुरु गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले समावेशी समुदाय निर्माणमा अपाङगता भएका व्यक्तिहरुको सशक्तिकरण कार्यक्रम अन्तगर्त अपाङगता भएका व्यक्तिहरुको जीवकोपार्जनको लागि सहयोग गरेको छ । ऋषिङ गाँउपालिका दुई सय ४० अपाङगता भएका व्यक्तिलाई व्यवसाय छनौटको आधारमा रेडक्रसले ४१ लाख ५० हजार सहयोग गरेको छ ।

कार्यक्रमका अधिकृत करुणनिधि भटराईका अनुसार सःसर्त व्यवासय गर्ने एक सय ७५ जनालाई प्रति व्यक्ति २० हजारको दर वितरण गरिएको छ । त्यस्तै व्यवसाय छनौट नभएका निःसर्त लाई प्रति व्यक्ति १० हजारका दर वितरण गरिएको उनले बताए । उनले भने,‘ अपाङगता भएकालाई व्यक्तिहरुलाई समुदायमा सशक्तबनाई आत्मनिर्भर बनाउने रेडक्रसको उद्देश्य हो । ’ उनले अघि भने,‘अपाङगता भएका व्यक्तिलाई समुदायमा बस्न यस अभियानले सहज बनाउने छ । ’विहिबार ऋषिङ गाँउपालिका ६ ठाँउमा कार्यक्रम गरि रकम वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष राजेन्द्र श्रेष्ठले रेडक्रसको अभियानले गाँउपालिकालई आर्थिक रुपमा बलियो बनाएको बताए । उनले ‘विगत देखि चलेको कार्यक्रमले समुदायमा लक्षित वर्गलाई अगाडी बढाउन सहयोग गरेको छ । कार्यक्रम निरन्तर हुन आवश्यक रहेको छ ।’ रेडक्रस सभापति कृष्णहरि वाग्लेले समुदायमा अपाङगता भएका व्यक्तिहरुलाई सबलीकरण गरि आर्थीक उपार्जनको लागि बलियो खम्बाको रुपमा अभियान रहेको बताए ।

यसैक्रममा शाखाका उपसभापति ऋषिराम पोख्रेल, मन्त्री चिनु पोख्रेल, कोषाध्यक्ष हरिशरण पण्डित, उप–कोषाध्यक्ष शुकुमलाल गुरुङ, उपमन्त्री ईन्द्र पौडेल, सदस्य परमेश्वर भटराई, सुर्यचन्द्र हड्खले, शाखा विकास अधिकृत शिवकाजी पिया लगायतले अपाङ्गता भएका व्यक्तिलाई एकजुट गराएर आत्मनिर्भर बनाउन रेडक्रस लागि परेको बताएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button