टपरी बुनेर आम्दानी
दमौली खबर संम्वाददाता
गृहिणी महिलालाई स्वरोजगार बनाउन दुनाटपरी उद्योग सञ्चालन गरिएको छ । व्यास २ कालिकामार्गमा रहेको माँ अम्बे पुजा सामाग्रीले सो उद्योग सञ्चालनमा ल्याएको हो । दुनापटरी उद्योग गृहिणी महिलाका लागि आयआर्जन गर्ने माध्यम बनेको छ । जङ्गलमा खेर गएका सालको पातबाट उनीहरुले दुनापटरी बनाउँदै आएका छन् । महिलाले फुर्सदको समयलाई सदुपयोग गरी घरायसी कामकाजसँगै दुनापटरी बनाउने गरेका छन् ।
यहाँका महिला फुर्सदको समयमा जङ्गल गई सालको पात टिपेर ल्याउने र घरमै बसेर टुनाटपरी लगाउने कार्यमा व्यस्त रहन्छन् । ‘साँझ–बिहान घरको काम सकाएर दिउँसो फुर्सदमा दुनाटपरी बनाउन थाल्छु’ स्थानीयवासी सीता अधिकारीले भनिन्, “घरमा दिनभर टिभी हेरेर तथा छिमेकीसँग गफ गरेर समय बित्दथ्यो, अहिले टपरी बुनेर समयको सदुप्रयोग सँगै आम्दानीको माध्यम बनाएको छु । ‘ स्थानीयवासी संगिता कार्कीको दैनिकी पनि हिजोआज जङ्गल गई सालको पात टिप्ने र लाफा लगाउने कार्यमै बित्ने गरेको छ ।
‘विगतमा रोजगारी सिर्जना हुने खालको उद्योग नहुँदा निकै दुःख झेल्नु पथ्र्यो, अहिल आफैठाँउमा आम्दानी गर्न सक्ने भएका छाँै,’ कार्कीले भनिन् । एक साता अघि बाट उक्त ठाँउमा उद्योग सञ्चालनमा आएको हो । नव आर्दश आमा समूहका सदस्यले आम्दानी गरेको मुनाफा संस्थाको लागि खर्चिने अध्यक्ष सावित्रा हड्खलेले बताईन् । पात टिप्न, सिन्का चिर्न र टपरी बुन्न विभिन्न समुह बनाएर काम गरिएको उनले बताईन् । आमा समूहले व्यास नगरपालिकालाई प्लास्टिकमुक्त नगर घोषणा कार्यक्रममा सघाउ पु¥याउने उद्देश्यका साथ लागि परेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ महिलन उद्यमी जिल्ला अध्यक्ष कल्पना गौलीले पूजा सामग्री उद्योग खोलेकी हुन्। आमा समुहले सामूहिक रूपमा दैनिक एक हजार दुना–टपरी उत्पादन भइरहेको उनले बताईन् । उद्योग सञ्चालन भएपछि समयको सदूप्रयोग सँगै महिलाहरुले राम्रो आम्दानी भएको उनले बताईन् । स्थानीय सरकारले प्लाष्टिक विस्थापित गर्ने रणनीति लिए पनि दुना–टपरी बनाउने काममा भने सहयोग नगरेको बताईन् ।
उद्योग मार्फत झण्डै पाँच सय भन्दा बढी गृहणी महिलालाई रोजगारी दिने योजना रहेको महिला उद्यमी गौलीले बताईन् । उनले भनिन्,‘उद्योग मार्फत झण्डै पाँच सय महिलालाई रोजगारी दिने उद्देश्य रहेको छ । माँ दुर्गाको संस्थापक अध्यक्ष समेत रहेकी गौलीले छिटै नै अगरबत्ती उद्योग सञ्चालन गर्ने योजना बनाएको बताईन् । हातेबुनाई रहेको टपरीले बजार पाउने विश्वस्त रहेको छु । ’ समुहमा आबद्ध महिलाले मात्र नभई अन्य महिलाले पनि सो कार्य गर्दै आएका छन् । उद्योगलाई निरन्तर सञ्चालन गर्न सकेमा महिलालाई स्वरोजगार बन्न मद्दत पुग्ने देखिन्छ ।
