व्यासका ८० प्रतिशत संक्रमित होमआइशोलेसनमा

दमौली खबर संवाददाता
जिल्लाको सदरमुकाम स्थित रहेको व्यास नगरपालिकामा झण्डै दुई सय बराबर सक्रिय कोरोना संक्रमित रहेका छन् । व्यास नगरपालिकाले सोमबार सार्वजनिक गरेको विवरण अनुसार व्यासमा हाल एक सय ८९ सक्रिय सन्क्रमित रहेका छन । त्यसमध्ये १ सय ५९ होम आइसोलेशन र ३० जना सामुदायिक आइसोलेशनमा छन् । दोस्रो भेरियन्ट सहितको कोरोना सङ्क्रमण फैलिएपछि व्यासमा १ हजार १ सय ९९ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गरिएको थियो ।

परिक्षण गरिएको ५ सय ९८ महिला र ६ सय १ पुरुष मध्ये ६५२ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य अधिकृत प्रमोद सोतीले जानकारी दिए । नगरपालिकाका ३१६ महिला र ३३६ पुरुष सङ्क्रमित भएका छन् । हालसम्म ४४५ सङ्क्रमणमुक्त भएका छन् । भने १० जनाको मृत्यु भएको छ । ४१ जनाको रिपोर्ट आउन बाँकी रहेकाले सुरक्षित रहन आग्रह गर्दै सोतीले होम आइसोलेशनका सङ्क्रमितलाई अप्ठ्यारो भएको खण्डमा वडामा खटिएका स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न वा सामुदायिक आइसोलेशन÷ अस्पतालमा भर्ना हुन आग्रह गरे ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button