शिशाघाटमा अब नयाँ शहर

व्यासको पुरानो बजार क्षेत्रको रुपमा चिनिने व्यास नगरपालिका ६ शिशाघाटमा नयाँ शहर विकासको अवधारण ल्याईएकोे छ । बुधबार बसेको व्यास नगरपालिकाको नगर कार्यपालिकाको वैठकले उक्त शिशाघाट क्षेत्रलाई नयाँ शहरको रुपमा विकास गर्ने निर्णय लिएको हो । यसका लागि व्यास नगरपालिकाले ‘नयाँ सहर अवधारणा आयोजना’ प्रस्ताव गरेर नगर विकास कोषमा पठाउने निर्णय गरेको नगरपालिका अधिकृत मेघनाथ आचार्यले जानकारी दिए । बैठकले घाटबाट कर असुलीलाई ‘पारदर्शी’ बनाउने निर्णय समेत गरेको छ ।

आफैंले सञ्चालन गर्न थालेको घाटमा महङगी भएको भन्दै ट्रयाक्टर व्यवसायी आन्दोलित भएका थिए । अघिल्लो बर्ष पनि १ घनफुटको सात रुपैया राजश्व तोकेर ठेक्का आव्हान गर्दा व्यवसायीहरुले त्यति महगोंमा वालुवा बेच्न नसक्ने भनेर ठेक्का नलिएपछि नगरपालिकाले आफ्नै अन्र्तगत व्यापार गर्ने गरि प्रतिघनमिट १२ रुपैयाभन्दा बढि तोकि वालुवा बिक्री गर्न लागेको ट्रयाक्टर व्यवसायीको आरोप छ ।

उनीहरु मनपर्दीरुपमा भाडा बढाउदा ट्याक्टर व्यावसायीलाई मात्र हैन उपभोक्तालाई निकै मार पर्ने परेको भन्दै आन्दोलित थिए । सोही विषयलाई मध्यनजर। गर्दै नगरपालिकाले हरेक घाटमा अस्थायी बिट स्थापना गर्ने गरि कर असुलीलाई ‘पारदर्शी’ बनाउन लागेको हो । त्यस्तै बैठकले कृषि तथा पशुपंक्षी व्यवसायमा आबद्ध कृषहरुले कृषि प्रयोजनको लागि निर्माण गर्ने अस्थायी संरचना करको दायरामा नआएकाले उनिहरुलाई करको दायामा ल्याउने निर्णय गरेको छ ।

नगरपालिकाले नगर विकास कोषको ऋण तथा अनुदान र नगरपालिका समेतको लगानीमा बनाउन प्रस्ताव गरिएको बहुद्देश्यीय भवनका लागि सम्झौता अघि बढाउने निर्णय पनि गरेको छ । बैठकले आसन्न चौथो खुला व्यास नगर अल्ट्रा म्याराथनको तयारीसहित विभिन्न आठ निर्णय पनि गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button