मीनाको लोभलाग्दो कृषि कर्म

जो सुकै मानिसलाई पहिचानको आवश्यकता पर्दछ । कसैले आफ्नो पहिचान आफै बनाउछन् त कत्ति अरुको भर पर्छन् । त्यस मध्येपनि महिला भन्ने वित्तिकै अरुको भिराइदिएको पहिचानमा नै सीमित हुन्छ भन्ने मान्यता रहँदै आएको छ । तर, त्यसलाई चिर्दै जीवनको सफलताको उच्चतम् बिन्दुतिर केन्द्रीत व्यक्ति हुन् मीना खनाल । सबैभन्दा चाहानाको उत्कृष्टताले मान्छेलाई प्रेरित गरेको हुन्छ ।

मान्छे कुनै न कुनै रुपमा आफ्नै इच्छाको वैतर्नीको लागि उन्मुख हुन्छ । नदीको भेललाई पनि झिनो देख्छ । इच्छाशक्तिलाई मान्छेको तत्परताले अभावको बीचमा पनि सामथ्र्यवान तुल्यादिन्छ । त्यस्तै एक महिला हुन मीना । अधिकांश महिलाहरु घरको चुलोचौकामा मात्रै सिमित रहेको देखिन्छन् । त्यसबाट बचेकुचेका केही मानिसहरु जागिरका शिलशिलामा भौतारिरहेका हुन्छन् । तर व्यास नगरपालिका वडा नं ५ पाटक की मीना भने घरको चुलोचौकामा मात्र होईन कृषि कर्मबाट आत्मनिर्भर बनेकी छिन् । उनले आफ्नो घर पछाडी रहेको ३ रोपनी भन्दा बढी जग्गामा व्यवसायी तरकारी खेती गरेकी छिन् ।

उनले जाडो सिजनमा काउली, बन्दा, मुला लगायत तरकारी उत्पादन गर्छिन् । तरकारी बेचेर मात्रै वार्षिक ३ देखि ४ लाख सम्म आम्दानी हुने गरेको खनाले बताईन् । उनले भैसीको दुध बिक्री गरेर वार्षिक डेढ लाख आम्दानी गर्छिन् । आफुले उत्पादन गरेको वस्तुको लागि कुनै बजारको समस्या नभएको उनले बताईन् । उनले भनिन्,‘घरबाटै सबै थोक बिक्री हुन्छन् । बजारको कुनै समस्या छैन ।’ साथै उनले बाख्रा पालन पनि गरेकी छिन् । बाख्रा बिक्री गरेर उनले राम्रो आम्दानी गर्छिन् । १५ वर्ष देखि कृषि कर्ममा लागेकी उनले घरखर्च तथा बचत हुनेगरी आम्दानी भइरहेको अनुभव सुनाइन् । ‘यो व्यवसाय गर्न लागेको १५ वर्ष जति भयो ।’, खनाले भनिन्, ‘यसबाट राम्रै आम्दानी भइरहेको छ, घरखर्च चलिरहेको छ । अनि केही बचत पनि हुन्छ ।’

महिलाहरुले घरको भान्छामा मात्र सिमित हुनु भन्दा आफुले सकेको काम गरेर आत्मनिर्भर हुनु उपयुक्त हुने उनको भनाइ छ । ‘मासिक रुपमा आम्दानी भएको पैसाले घर खर्च चलाउनुका साथै अहिले राम्रो आम्दानी पनि भएको छ ।’, उनले भनिन् । तरकारी खेतीबाट अहिले एक सिजनमा लाखौँ कमाउने गरेको उनले सुनाईन् । व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिलासमेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा उनले उदाहरण पेश गरेकी छन् । उनले पनि पुरुष समान व्यावसायिकरुपमा नै तरकारी खेती गरेर वार्षिक रु ६ देखि ७ लाख बढी आम्दानी गर्न सफल भएकी हुन् । उनि अब कृषक मात्र होइन, उनको अहिले व्यावसायिक कृषकको गर्विलो परिचय वडामा बनेको छ ।

पन्ध्र वर्षदेखि कृषिमा समर्पित मिना गाउँका अन्य दाजुभाइ दिदीबहिनीलाई समेत व्यावसायिक कृषि पेशामा लाग्न अभिप्रेरित गर्दै आएकी छिन् । महिलालाई झट्ट विश्वास नगर्ने नेपाली समाजमा त्यतिबेला ठूलै हिम्मत बटुलेर निर्वाहमुखी खेती प्रणालीलाई बदलेर व्यावसायिक बाटो रोजेको उनको भनाइ छ । उनले साढे तीन रोपनी जग्गामा बेमौसमी र मौसमी तरकारी उत्पादन गर्दै आएकी छिन् । ‘१५ वर्षदेखि व्यावसायिक तरकारी उत्पादनमा सक्रिय छु, मैले मौसमीभन्दा बढी बेमौसमी तरकारी उत्पादनमा बढी जोड दिएको छु’, उनले भनिन् ‘मौसमी तरकारीको भाउ नआउने भएकाले बेमौसमी उत्पादन गर्नतर्फ बढी अग्रसर भएको छु ।’ कमाएर खानुपर्छ भन्ने आँट बोकेर श्रीमान् श्रीमती मिलेर व्यावसायिक तरकारी खेती शुरु गरेको उनको भनाइ छ । उनलाई उनका श्रीमान् ज्ञानेन्द्र खनालले हरेक काममा सघाउँछन् । विदेश पलायन भएका ज्ञानेन्द्र पनि अहिले मिनालाई सघाउन घरमै बसेका छन् । उनले पनि छुट्टै आफनो व्यवसाय गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button