जन्मदिनको भोज खाएका १५ जना बिरामी

व्यास १२ छिर्कनेमा जन्मदिनमा भोज खाएका १५ जना बिरामी परेका छन् । जन्मदिन मनाउने क्रममा केक, कुखुराको मासु र तरकारी खाँदा छिर्कनेका एकै परिवारका १२ जना सहित १५ जना बिरामी परेका हुन् । स्थानीयवासी ११ वर्षीय प्रज्वल गैह्रेका जन्मदिनमा शनिबार राति भोज खाँदा १५ जना बिरामी भएका हुन् । शनिबार राती भोज खाएका उनीहरूलाई राती नै झाडपखाला र बान्ता आउने भएको थियो । आईतबार बिहानै टाउको दुख्ने,वाकवाकी लाग्ने र ज्वरोसमेत आउन थालेपछि दमौली अस्पतालमा उपचारको लागि भर्ना गरिएको हो ।

बिरामी मध्ये २ जना उपचार पश्चात डिर्चाज भएको अस्पतालका स्वास्थ्यकर्मी मदन गौतमले जानकारी दिए । उनले भने,‘भोज खाएका सबै बिरामी भएका छन् । उनीहरूलाई ‘फुड पोइजन’ भएको अनुमान गरिएको छ । ’ उनले थपे,‘स्वास्थ्य परिक्षणको रिपोर्ट आएको छैन । रिपोर्ट आएपछि मात्र थाहा हुन्छ । ’ सबै बिरामीको अवस्था खतरामुक्त रहेको उनले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button