‘कोरोना नियन्त्रण र रोकथाममा सरकार असफल ’

दमौली खबर संवाददाता
जेठ ३ दमौली

कोभिड १९ नियन्त्रणका लागि सरकारले प्रभावकारी ढंगबाट काम गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तनहुँले सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

काँग्रेसले देशभरीबाटै ज्ञापन पत्र बुझाउने क्रममा मंगलबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस तनहँुको तर्फबाट जिल्लाका कार्यवाहक सभापति जितप्रकाश आलेले प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारी मार्फत ज्ञापनपत्र बुझाईएको हो । कोरोना नियन्त्रण र रोकथाममा सरकार असफल भएको निष्कर्ष निकाल्दै कांग्रेसले सडकबाटै सरकारलाई खबरदारी गर्न लागेको हो ।

मुलुक रोग र भोकबाट फसिरहेका बेला पनि स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको ठहर कांग्रेसले गरेको छ । दमौली बजार परिक्रम गरि नेपाली कांगे्रसले व्यास ३ मा कोण सभा गरि ज्ञापन पत्र बुझाउन गएको थियो । कोण सभामा बोल्दै नेपाली काँग्रेस तनहँु जिल्ला कार्य समिति तनहँुका सभापति वैकुण्ठनाथ न्यौपानेले ‘सरकार विगतका गल्ती सच्याएर अघि बढेर कोरोना नियन्त्रण तर्फ ध्यान आवश्यक रहेको बताए । अहिले पनि आरडिटी बन्द गरी आवश्यक स्वास्थ्य सामग्री र दक्ष जनशक्तिको उचित व्यवस्थापन गर्दै पिसिआर परीक्षणलाई व्यापक रूपमा विस्तार गर्न माग गर्दै असुरक्षित क्वारेन्टाइन बन्द गरी सुरक्षित र मापदण्ड अनुकूलको व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरेको छ । खाद्यान्न र न्यूनतम आम्दानीको अभावबाट गुज्रिरहेका आमश्रमिक, दैनिक ज्यालादारीमा निर्भर श्रमिक, सहर केन्द्रीत स्थानहरूमा डेरा गरी बसेका विद्यार्थी, एकल महिला, अपांगता र अशक्त नागरिक, बालबालिका तथा ज्येष्ठ नागरिक तथा आमनागरिकको न्यूनतम आवश्यकता पूर्ति गर्न जीवन निर्वाह गर्ने आर्थिक प्याकेजको व्यबस्थाको समेत काँग्रेसले माग गरेको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ अधिकारीले कोभिड १९को जोखिम भएकोले सरकार तदारुपताका साथ काममा अगाडी बढिरहेको बताए । उनले उक्त पत्र छिटै नै सम्बन्धी ठाँउमा पठाउने बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button