आदिकविमा अधिक स्मरण क्षमता सम्बन्धि प्रशिक्षण

दमौली खबर संवाददाता
दमौली, भदौ २८ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा मंगलबार अधिक स्मरण (सुपर माइन्ड) क्षमता सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम गिनिज बुक अफ वल्र्ड रेकर्डमा सबैभन्दा बढी शब्दहरुको स्मरण गर्न सक्ने व्याक्तीको रुपमा आफ्नो नाम लेखाउन प्रयत्नरत धरानका विद्यार्थी एलेक्स गिरीले  प्रशिक्षण दिनु भएको थियो ।
स्मरण क्षमता के हो र स्मरण क्षमता वृद्धि गर्ने विधिको बारेमा प्रशिक्षण दिईएको क्याम्पसले जनाएको छ । गिरीले उक्त अवसरमा विद्यार्थीहरुलाई कसरी स्मरण क्षमता बढाउन सकिन्छ भन्ने बारेमा पनि प्रदर्शनी गर्नुभएको थियो । सो अवसरमा कक्षा ११÷१२ का होटेल व्यवस्थापन र कक्षा १२ का नेपाली विषय समूहका विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यार्थीको लागि उपयोगी मूलक भएकोले प्रशिक्षण प्रदान गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खले महेशले बताउनुभयो  ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button