पत्रकार महासंघका ६ जना पूर्व अध्यक्षलाई पुरस्कार

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्व अध्यक्षलाई पुरस्कृत हुनेभएका छन् । पत्रकार महासं तनहँु शाखाको माघ १३ गते हुने साधारणसभा एवंम् पुरस्कार ÷सम्मान अर्पण समारोहमा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको महासङ्घका अध्यक्ष ओमकार आचार्यले जानकारी दिए । शाखाको आइतबार सम्पन्न बैठकले महासङ्घमा स्थापित सुरज गुरुङ स्मृति पुरस्कार, टिकानिधी ढुङ्गाना पुरस्कार र भर्लेली केबलबहादुर स्मृति पुरस्कार पूर्व अध्यक्षहरुलाई प्रदान गर्ने निर्णय गरेको हो ।

सुरज गुरुङ स्मृति पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बर बहादुर अधिकारीलाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशी रु पाँच हजार रहेको छ । टिकानिधी ढुङ्गाना पुरस्कार–२०७५ विश्वबन्धु भण्डारी र २०७६ प्रदीप काफ्लेलाई प्रदान गर्ने निर्णय भएको शाखाका सचिव उज्ज्वल पौडेलले जानकारी दिए । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ । यसैगरी भर्लेली केबलबहादुर स्मृति पुरस्कार प्रेमप्रसाद पौडेललाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ ।

बैठकले शाखाको साधारणसभाको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । शाखाका उपाध्यक्ष नारायण खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, उपाध्यक्ष सोनी शर्माको संयोजकत्वमा स्वागत तथा सम्मान, सचिव उज्ज्वल पौडेलको संयोजकत्वमा प्रचारप्रसार र कोषाध्यक्ष प्रताप रानाको संयोजकत्वमा खाजा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button