महिला उद्यमीकी अध्यक्ष कल्पनालाई टोलले गरे सम्मान

नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी विकास समितिकी नवनिर्वाचित अध्यक्ष कल्पना गौलीलाई स्थानीय दुई टोलले सम्मान गरेको छ ।

 व्यास–२ स्थित नवजागरण टोल विकास सस्था र नवजागरण आमा समुहले सम्मान गरेको हो । महासंघमा दोस्रो कार्यकाल निर्वाचित भई टोलको गौरव बढाएकोले सम्मान गरिएको सस्थाले जनाएका छन् ।  टोलविकास सस्थाकी अध्यक्ष इन्द्रा शाही र आमा समुहकी अध्यक्ष गोमा दाहाल लगायतको पदाधिकारीहरुले खादा, अबिर, माला लगाएर सम्मान गरेका थिए ।

   सो अवसरमा अध्यक्ष कल्पनाले उद्यमीशिल बन्न चाहने महिलाको लागि सहुलयत ब्याजदरको ऋण, आवश्यक तालिम प्रदान गर्ने बताइन्  ।  स्वास्थ्य जीवनको लागि पाङ्गरीक खानेकुराको आवश्यक पर्ने हुनाले बजार क्षेत्रमा कौशी खेती विस्तारको लागि आवश्यक सीप प्रदान गरि जागरण ल्याउने बताईन् ।  साथै उनले कोशेली घर सञ्चालन गर्ने तथा कोविड संक्रमणले गर्दा बाँकी रहेका अधुरा कामहरु पुरा गर्ने पुनः अध्यक्षको पदभार सम्हालेको बताईन् । 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button