व्यासको प्रवक्तामा गुरुङ, सल्लाहकार समिति पनि चयन

दमौली, ८ साउन  ।
 व्यास नगरपालिको  प्रवक्ता जीवन गुरुङ कुमार  चयन हुनु भएको छ  ।
प्रवत्ता चयन भएका गुरुङ व्यास नपा वडा नं. ६ का वडाध्यक्ष हुनुहुन्छ । नगरपालिकाको पालिकाको आइतबार दमौलीमा बसेको बोर्ड बैठकले गुरुङलाई प्रवक्तामा चयन गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ  । जिम्मेवारी पाउँदा निकै खुसी लागेको र  चुस्त पारदर्शी र नमुना नगरपालिका बनाउन अहोरात्र खट्ने गुरुङले बताउनुभयो ।
उक्त कार्यपालिकाको बैठकले ५ जनालाई सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेको छ । प्रथम नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, पूर्व नगरप्रमुख ध्रुव वाग्ले, इ. सूर्यनारायण श्रेष्ठ, पर्यटनविद हरिसिंह गुरुङ र कृषि विज्ञ थमबहादुर दरै रहेको जानकारी सिग्देलले दिनुभयो । व्यास नगरपालिकाको कानुनी सल्लाहकारमा यज्ञबहादुर रानालाई निरन्तरता दिइने निर्णय बैठकले गरेको छ । मतदान केन्द्र परिवर्तन सम्बन्धमा सर्वदलीय बैठकबाट भएका निर्णय अनुसार मतदान केन्द्र थप विवरणको आवश्यक तयारी गर्न सम्बन्धित वडा समितिलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।
 विपद व्यवस्थापन अन्तर्गत सतर्क रहन नगरबासीलाई अनुरोध गर्ने, पुनस्र्थापनका लागि तत्काल सम्बोधन गर्न आवश्यक जाली, हेमपाइप, पाइप खरिद गर्ने, घरगोठ, जमिन संरक्षण व्यवस्थापन गर्ने, दमौली बजारमा २०७८ फागुन २० गते भएको आगलागी पीडितहरु र अन्य विभिन्न घटनामा प्रभावितहरुलाई राहत सुविधा उपलब्ध गराउने निर्णय बैठकले गरेको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button