नक्कली नोट सहित युवक गल्वुबेशीबाट पक्राउ

दमौली खबर संवाददाता

दमौली, असोज २४

तनहुँ प्रहरीले नक्कली नोट सहित एक व्यत्तिलाई पक्राउ गरेको छ । व्यास नगरपालिका– १ गल्वुबेशीबाट पक्राउ गरेको हो । अम्बिका पाण्डेले सञ्चालन गरेको किराना पसलमा रिचार्ज कार्ड किन्ने बहानामा १ हजारको नोट दिएको र पसल संचालिका अम्बिका पाण्डे लाईं शंका लागि केरकार सँगै प्रहरीलाई खबर गर्दा उक्त नोट नक्कली भएको खुलेको हो । नक्कली नोटका गिरोह नवलपुर घर बताउने बिनोद रामदामलाइ प्रहरीले तत्कालै पक्राउ गरि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा लगिएको छ । पक्राउ पर्ने क्रममा रामदामले यसको कारखाना बुटवलमा रहेको भन्दै आँफु सहित ४ जना पैसा साट्न विभिन्न ठाउँमा पुगेको बताएका छन् ।

Show More

Related Articles

Back to top button